वुद्धी पुन ।
सल्यान, १४ जेठ (रेडियो राप्ती) । सल्यानमा नमुना यूवा संसद स्थापना र अभ्यास शुरु भएको छ ।
‘समृद्ध नेपाल निर्माणका लागी स्वस्थ, कर्मठ र उद्यमी युवा’ भन्ने मुल नारका साथ शारदा नगरपालिका स्तरीय नमुना यूवा संसद स्थापना र अभ्यास आज देखी शुरु भएको हो । नेपालका १४ वटा जिल्लामा गत वर्ष नमुना यूवा संसद स्थापना र अभ्यास गरिएको थियो ।
सल्यान जिल्लामा नै पहिलो पटक १६ देखी ४० बर्ष उमेर समुहका युवाहरुको सक्रियतामा नमुना यूवा संसद स्थापना र अभ्यास शुरु भएको जिल्ला युवा समिती सल्यानका अध्यक्ष जनक बिकले बताउनुभयो ।
शारदा नगरपालिकाका सबै वडाहरुमा गठित यूवा क्लवका पदाधिकारीहरुको सहभागितामा नमुना यूवा संसद स्थापना र अभ्यास सचालन गरिएको छ ।