सुर्खेत, १४ जेठ (जागरण) । बाह्रौं गणतन्त्र दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण भलिबल प्रतियोगितामा कर्णाली प्रदेश सरकार पराजित भएको छ ।
कर्णाली प्रदेश सरकार र प्रदेश सभाका सदस्यबीच भएको मैत्रीपूर्ण खेलमा सरकारले पराजय व्यहोर्नु परेको हो । तर ब्याडमिन्टनमा भने प्रदेश सरकारको टोलीले जीत हाँसिल गरेको छ ।
वीरेन्द्रनगरमा भएको भलिबल प्रतियोगितामा प्रदेश सरकारका मन्त्रीहरूको टोलीलाई प्रदेशसभा सदस्यको टोलीले २५–१२, २५–१७ २८–२६ ले पराजित गरेको हो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा मन्त्रीहरू र प्रमख सचेतक गुलाबजंग शाहको नेतृत्वमा प्रदेशसभा सदस्यहरूको टोली भिडेको थियो ।
ब्याडमिन्टन तर्फ मुख्यमन्त्री शाही र सामाजिक विकासमन्त्री दल रावलले तीन सेटमा सभामुख राजबहादुर शाही र प्रदेशसभा सदस्य अम्मरबहादुर थापालाई पराजित गर्नुभयो ।
त्यस्तै महिलातर्फ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले विजयी हुनुभयो । उहाँले उपसभामुख पुष्पा घर्तीमगरलाई सोझै तीन सेटमा पराजित गर्नुभएको छ ।