कर्णालीमा करिव पाँच सय एचआईभी संक्रमित

सुर्खेत, १४ जेठ (जागरण) । कर्णाली प्रदेशमा करिव ५ सय एचआईभी संक्रमित रहेको पाएको छ । कर्णालीका १० जिल्लामा हालसम्म ४ सय ९४ जना संक्रमित रहेको बताएको छ ।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य महाशाखाले आयोजना गरेको एचआईभी एड्स सम्बन्धि कार्यशाला गोष्ठिमा एचआईभी संक्रमितको संख्या बढ्दै गएको बताएको छ ।
स्वास्थ्य महाशाखाका अधिकृत गोर्कण गिरीले हालसम्म रहेको आधिकारीक तथ्याक अनुसार कर्णालीका १० जिल्लामा करिव ५ सयको संख्यामा संक्रमित रहेको पुष्टि भएको बताउनुभयो ।
पछिल्लो ५ बर्षको अवधिमा एचआईभी संक्रमितको संख्यामा पुरुषभन्दा महिलाको संख्या बढ्न थालेको उहाँको भनाई छ । कर्णाली प्रदेशमा रहेका एआरटी सेन्टर, पुर्नस्थापना केन्द्र र परीक्षण सेन्टरको तथ्याक अनुसार ५ सयको संख्यामा संक्रमित रहेका छन् ।
कर्णालीका सुर्खेत, दैलेख, सल्यान, जाजरकोट र रुकुम एचआईभीबाट बढी संक्रमित रहेको बताएको छ ।