बाहौँ गणतन्त्र दिवस मनाइदै

सुर्खेत, १५ जेठ (जागरण) । गणतन्त्र दिवस–२०७६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । तत्कालिन जनप्रतिनिधिमूलक संस्था संविधानसभाको पहिलो बैठकले वि. सं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । करिव साढे दुई सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो ।
लामो समय जरा गाडेर बसेको राजतन्त्रलाई बिदाई गरी गणतन्त्र स्थापना शान्तिपूर्ण रुपमा हुनुलाई विश्व समुदायले अनौठो घटनाका रुपमा लिएको छ । गणतन्त्र स्थापनापछि पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि दोस्रो संविधानसभाले ७० वर्ष पुरानो सपना साकार पारी नयाँ संविधानअनुसार देश चलिरहेको छ ।
गणतन्त्र दिवसको अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रदेश सरकारको आयोजनामा र्‍याली र सभाको आयोजना हुँदैछ । साथै जिल्ला जिल्ला र स्थानिय तहमा समेत गणतन्त्र दिवस विशेष समारोह हुनेछन् ।