कर्णालीका साढे दुई लाखभन्दा बढी युवा रोजगारीमा

सुर्खेत, १५ जेठ (जागरण) । कर्णाली प्रदेशमा १५ वर्षदेखि माथिल्लो उमेर समूहका दुई लाख ८८ हजार युवाहरु रोजगारीमा रहेको पाइएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा प्रदेशस्तरिय नतिजा सार्वजनिक गर्दै केन्द्रिय तथ्याङ्क विभाग काठमाण्डौँले १५ वर्षदेखि माथिको ११ लाख ६३ हजार जनसंख्या मध्ये ३१ हजार युवा वेरोजगार रहेका जनाएको छ ।
जसमध्ये १५ हजार शहरी क्षेत्रमा र १६ हजार ग्रामीण क्षेत्रका युवा वेरोजगार छन् । कर्णालीका एक लाख ८४ हजार पुरुष र १ लाख ५ हजार महिलाले रोजगार पाएको केन्द्रिय विभागले जनाएको छ ।
विभागको तथ्याङ्कअनुसार ग्रामीण क्षेत्रमा १ लाख ११ हजार र शहरी क्षेत्रमा १ लाख ७७ हजार जनसंख्याले रोजगारको अवसर प्राप्त गरेका केन्द्रिय तथ्याङ्क विभागका अध्यक्ष अम्बिका बस्यालले बताउनुभयो ।