पर्यटकको केन्द्र बालात्रिपूरा सुन्दरी मन्दीर (अडियो सहित)

टेकबहादुर शाहीको सहयोगमा ।
डोल्पा, १५ जेठ (जागरण) । हिमाली जिल्ला डोल्पाको हिन्दु धर्मको आस्था बोकेको बालात्रिपूरा सुन्दरी माताको मन्दीर पर्यटकीय केन्द्रका रुपमा परिचित हुदै आएको छ । जिल्लाको त्रिपूरा सुन्दरी नगरपालिकाको त्रिपूराकोटमा अबस्थीत उक्त मन्दीर सदियौ देखि हिन्दु धर्मालम्बीहरुको पुजा आराधना गर्ने शक्तिपिठका रुपमा रहेको पाइन्छ । १११४ सालमा यो मन्दीरको उत्पती भएको इतिहास पाइन्छ ।


त्रिपूरा सुन्दरी माताको दर्शन तथा पुजापाठ गरेमा मनले सोचेका सबै कामनाहरु पुरा हुने जनविश्वास रहेको छ । डक्टरले उपचार हुदैन भनेका बिरामी र निसन्तान भएकाले समेत त्रिपूरा सुन्दरी भगवतीको पुजा आरधना गरेर सन्तान प्राप्त गरेको पुजारी कृष्णचन्द उपाध्यायले बताउनु भयो ।
बिष्ट जातीको मात्र बसोवास रहेको यो मन्दीर निर ढुङ्गाको ओखल रहेको स्थानीयहरु बताउछन । उक्त ओखलले शक्ति देखाउने हुदा उत्सुक भएर सोहि ओखल मुनि हेर्दा जातीको भाडामा घिउ पाकेको र त्यहि भित्र ९ वटा पुतली नाचि रहेको किम्बदन्ती रहेको छ ।
भगवतीहरुको उद्धगम स्थल नै डोल्पाको त्रिपूरा सुन्दरी भगवतीको मन्दीर भएकोले हिन्दु धर्मको शक्तिपिठ नै यहि हो र हामीले अझै प्रभाबकारी रुपमा प्रचार प्रशार गर्नको लागि मन्दीरको वयबसाइट नै बनाएर प्रचारप्रशार गर्ने मन्दीर निर्माण प्रमुख लक्ष्मीकान्त उपाध्यायले बताउनु हुन्छ ।
भगवतीका ९ बहिनीहरुमा बाला,त्रिपूरा,सुन्दरी र भगवती हाल यहि रहेको र कन्नीका सुन्दरी जुम्ला सिँजा,बागेश्वरी नेपालगञ्ज बाँके,खेरावाङ भगवती सल्यान,बडिबालिका बाजुरा र त्रिपूर सन्दरी बैतडी गरि अन्य पाच बहिनीहरु बाहिर जिल्ला गएको मानिन्छ ।
खप्तडबाबाले समेत यहि मन्दीरबाट योगसिद्धि लिएको लक्ष्मीकान्त दावी गर्नु हुन्छ डाक्टर खप्तडबाबा बैरागिएर पित्रूरा सुन्दरी भगवतीको श्रणमा आएर यहि बसि योगसिद्धि लिएर खप्तडबाबा भएको भन्ने विश्वास छ ।
भर्षैभरी भक्तजनहरुको घुईचो नै हुने गर्दछ यस मन्दीरमा, विजया दशमी र चैते दशैँमा बिशेष पुजाआरधना हुने गर्दछ । स्वदेशी मात्र नभएर बिदेशी समेतले पुजा गर्ने र महत्वको बारेमा जानकारी लिनुका साथै जिल्लामा पुग्ने कुनैपनि व्यक्तिले भगवतीको पुजा नगरी आफनो काम नगर्ने गरेको पुजारी टिकादत्त न्यौपानेले बताउनु भयो ।
पर्यटकिय क्षेत्रको संरक्षण प्रवद्धनलाई मध्यनजर गर्दै सरकारले यसै वर्ष सार्वजानिक गरेका भ्रमण गर्ने नया १०० वटा पर्यटकीय गन्तब्यमा डोल्पाको त्रिपूरा सुन्दरी मन्दीर पनि समाबिष्ट भएको छ । धार्मिक पर्यटकीय केन्द्रका रुपमा चर्चामा आएको यो मन्दिरलाई विश्वमा चिनाउन सके पर्यटक भित्र्याउन सकिन्छ ।

सुन्नुहोस् अडियो रिपोर्टः