नेपालकै अग्लो झरना, ‘पचाल झरना’ (अडियो सहित)

नन्द कठायत ।
कालिकोट, १६ जेठ (जागरण) । कर्णाली प्रदेशको कालिकोट जिल्लामा रहेको पचाल झरना नेपालकै गौरवको रुपमा रहेको झरना हो । पचाल झरना नेपालको सवैभन्दा अग्लो स्थानमा अर्थात् तीन सय ८१ मिटर अग्लो स्थानमा छ । यस झरनाको नामबाट नै त्यहाँ गाउँपालिकाको नामाकरण गरिएको छ । त्यहाँ पछिल्लो समय पर्यटकको आवागमन समेत बढ्न थालेको छ ।
पचाल झरना नेपाल सरकारले केही महिनाअघि सार्वजनिक गरेका पर्यटकिय क्षेत्रको सुचिमा ६४ स्थानमा परेको छ । समुन्द्री सतहदेखी ९ सय ७० मिटर उचाइमा रहेको यो झरना, हिमाल, कडाचट्टानी पहाड लेकाली मैदान फाँट र महत्वका धार्मीक तथा पर्यटकीय स्थलको रुपमा पनि पचाल झरनालाई बुझ्ने गरिन्छ । पुङ्ग र चुली हिमालको फेदमा पर्ने यो झरनालाई नेपालकै अग्लो झरनाको मान्यता दिएपछि पछिल्लो समय आन्तरिक तथा बाहय पर्यटक बढ्न थालेका बताउनुहुन्छ स्थानिय नागरिक चन्द्रा भण्डारी न्यौपाने ।


कालिकोट सदरमुकाम मान्मदेखि २६ किलोमिटर टाढा उत्तरपश्चिममा पर्ने योे झरना सम्म पुग्न केही बाटो सवारीसाधन मार्फत् र केही पैदल यात्रा गरे पछि जम्माजम्मी ४ घण्टामा पुग्न सकिन्छ ।
लामो यात्रापछि पुगिने पचाल झरनामा त्यहाँको मनोरम वातावरण र प्राकृतिक सुन्दरताले बाटोको सवै थकानलाई बिर्सादिन्छ । त्यहाँ छङ्गछङ्ग गरी झरिरहेको झरनामात्र होइन, अग्ला अग्ला हिमाल, सन्दर पहाडहरुको दृश्यले पर्यटकलाई छुट्टै खालको आनन्द र ऊर्जा प्रदान गर्ने सुर्खेतबाट पचालझरना घुम्न पुग्नुभएका पर्यटक दिपक गौतमको भनाई छ ।
पचाल झरनालाई पहिला स्थानिय नागरिकहरुले भुतीनी छहराको नामले चिन्ने गर्दथे । तर पछिल्लो समय पचाल झरना प्राकृतिक सम्पदाको रुपमा स्थापित हुन थालेको छ ।
अहिले सम्म कुनै पनि आन्तरिक र बाह्य पर्यटकको रोजाईमा नपरेको यो झरनामा स्थानिय सरकारको गठन पछि आन्तरिक पर्यटकहरु लर्को नै लाग्ने गरेका छन् । प्रदेश सरकारको दुई करोडको लागतमा अहिले स्थानीयले झरना हेर्न आउने जो कोहिलाई खानाको र बस्नको लागी कुनै कमी हुन नदिको लागि होटेल तथा होम स्टे सञ्चालन गर्न थालिएको होमस्टे सञ्चालक परेक कठायतले बताउनुभयो ।
स्थानिय सरकारले पहिलो चरणमा सडकलाई प्राथमिकता दिदैँ झरनाको बेस क्याममा होमस्टेको तयारी समेत गरेको छ । पचाल झरना सम्म पुग्नका लागी अहिले पर्यटकलाई सडकको समस्या रहेको बताउँदै अबको एक बर्ष पछि यो समस्या समाधान हुने बताउनुहुन्छ, पचालझरना गाउँपालिका अध्यक्ष खड्कराज सेजुवाल ।
सरकाले पर्यटकिय क्षेत्रको संरक्षण प्रवद्धनलाई मध्यनजर गर्दै पर्यटकीय केन्द्रका रुपमा चर्चामा आएका पर्यटकीय स्थललाई विश्वमा चिनाउन सके पर्यटक भित्र्याउन सकिन्छ ।

सुन्नुहोस् अडियो रिपोर्टः