सुर्खेत, १६ जेठ (जागरण) । किशोरी संवाद केन्द्र र आमा समुहको सक्रियतामा २८ मे २०१९ का दिन महिनाबारी स्वच्छता दिवस सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्वर १३ मा मनाइएको छ ।
समुदायमा रहेका किशोरी÷युवती महिलाहरुको स्वास्थ्य अवस्था रुपान्तरण गर्नका लागि स्याक नेपाल र सेभ द चिल्ड्रेनको सोझदारीमा संचालन भएको नेपाली युवाका लागि स्वस्थ रुपान्तरण परियोजना अन्र्तगत गठन भएका युवती समुह र स्ट्रोमा फाउण्डेसनसंगको साझेदारी संचालन भएको संवाद कार्यक्रम अन्तरगत गठन भएका किशोरी संवाद केन्द्र र आमा समूहले दिवस मनाएका हुन् ।
कार्यक्रममा युवतीहरुलाई स्थानीय स्तरमा सेनेटरी प्याड निर्माण र प्रयोगबारे अभिमुखीकरण गर्नु साथै ७ वटा राता र २१ वटा सेता क्रिष्टल धागोमा उनेर युवतीहरुको हातमा बाधिएको थियो ।
सातओटा राता दानाले महिनावारीको सात दिनसम्म रगत बग्ने हुनाले सरसफाई, पोषिलो खाना र आराम आश्यक हन्छ भन्ने सन्देश दिनेछ भने २१ दिन सामान्य दिन हुन भन्ने बुझाउछ । यसैगरी पुरै २८ वटा दानाले महिनावारी फर्किने समय भन्ने बुझाउछ ।