कर्णालीको नीति तथा कार्यक्रम जेठ २२ गते

सुर्खेत, १७ जेठ (जागरण) । आगामी आर्थिक वर्षका लागि कर्णाली प्रदेश सरकारले यही जेठ २२ गते आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।
जेठ २२ गते दिउसो तीन बजे बस्ने प्रदेश सभाको वैठकमा प्रदेश प्रमुख दुर्गाकेशर खनालले कर्णाली सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ ।
प्रदेश सरकारले अहिले नीति तथा कार्यक्रम र वजेटको तयारी गरिरहेको छ । आफूहरुले मन्त्रालयगत रुपमा सुझाव संकलन तथा योजना निर्माणका छलफल र अन्तक्र्रिया गरिरहेको मन्त्रीहरुले बताएका छन् ।
कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीले २२ गते नीति तथा कार्यक्रम प्रस्तुत हुने र एक दिन साँसद्हरुलाई नीति तथा कार्यक्रम अध्ययन गर्ने गर्न समय दिइने बताउनुभयो ।
अध्ययनपछी संसद् वैठकमा साँसद्हरुले छलफलमा भाग लिने र त्यसपछि मात्रै वजेट प्रस्तुत हुने सभामुख शाहीले बताउनुभयो ।
नेपालको संविधान २०७२ अनुसार प्रदेश सरकारले हरेक असार १ गते नयाँ आर्थिक वर्षका लागि वजेट प्रस्तुत गरिसक्नुपर्ने व्यवस्था छ ।