गृहकार्य र अभिभावकको भुमिका

शिवराम पौडेल ।

गृहकार्य आखिर के हो जसको कारणले बिध्यार्थीले अनेकन शारीरिक-मानसिक हैरानिहरु को सामना प्राय गर्नु परेको हुन्छ । गृहकार्य नगर्दा के हुन्छ ? अझै भन्दा गृहकार्य नदिदा चाहिँ के हुन्छ ? यसमा अभिभाबक र शिक्षकको कस्तो भुमिका हुन सक्छ? जस्ता मुद्दाहरूलाई अनुभवका आधारमा यो लेखमा सम्बोधन गर्न खोजिएको छ ।

गृहकार्य बिश्वब्यापी रुपमानै स्थापित शैक्षिक मुद्दा हो। तर बिड्म्बना नेपालमा चाहिँ सार्बजनिक छ्लफल र बहसमा अझै प्रयाप्त स्थान पाउन सकेको छैन। गृहकार्य यस्तो मुद्दा हो जसको आवश्यकता र उपयोगिताको बिषयमा बिश्व नै बिभाजित छ। मेरो बिचारमा चाहिँ, यसको उपयोगिता प्रचुरमात्रामा हुदाहुदै संलग्न पक्षहरूको अज्ञानता र गलत बुझाइको कारणले विभिन्न समस्याहरु निम्तिरहेका छन। ती महत्त्वपूर्ण भुमिका खेल्न सक्ने संलग्न ब्याक्तीहरु मा शिक्षक, अभिभावक, बिध्यार्थी, शैक्षिक सामाग्री निर्माता, नीतिनिर्माता, आदि पर्दछन् ।

गृहकार्य के हो?

सामन्य हेराइमा गृहकार्य शिक्षक निर्धारित काम हो जुन बिध्यार्थीले घरमा गर्ने गर्दछ्न् । यसलाई विद्यालयको बोझ घरमा पठाउने सहज साधन पनि भनेर पनि बुझ्न सकिन्छ । विद्यार्थीको आँखामा,  गृहकार्य बन्धन होला । हुनसक्छ कसैकसैले यसलाइ सिकाइलाई मुर्तरुप दिने अथवा सिकाइमा निरन्तरता ल्याउन सघाउने साधनको रुपमा पनि हेर्लान् । अभिभावकको लागि छोराछोरी तह लगाउने अचुक उपाए हुनसक्छ । अथवा घरमा झगडा र मनमुटाव सृजना गर्ने स्रोत नै किन नहोस् । यसरी हेर्दा गृहकार्यका विविध उद्देश्य र प्रयोजन हुन्छन् ।

होमवर्क किन दिइन्छ ?

सिकाइ क्रियाकलापलाई निरन्तरता दिन,

सिकेको कुरालाइ मुर्तरुप दिन,

बिध्यार्थिमा खोज्ने, गर्ने, र जाने बानिको बिकास गराउन,

अनावश्यक कुराबाट ध्यान हटान,

सिकाइ कार्यामा नै समय धेरै भन्दा धेरै ब्यतित गराउन,

सिक्न सिकाउन , आदि ।

शिक्षकको काम सिकाउनु मात्र नभएर सिक्न सिकाउनु पनि हो । बिध्यार्थी आफै उसको तह र क्षमता अनुरुप सिक्न सक्दछ । जसको लागि शिक्षकले सहजीकरण गर्न सक्दछ । तर सबै अबस्थामा सिकाइको लागि शिक्षकको आवश्यकता नपर्ला । अशल शिक्षक त्यो हो जसले बिध्यार्थिलाइ शिक्षकको आवस्यकता अनुभव हुन दिदैन । यसको अर्थ बिध्यार्थीलाई सिक्न सिकाउनु हो । गृहकार्यले बिधार्थिलाइ सिक्न सिकाउनु पर्दछ ।

 के गृहकार्य ले बिध्यार्थी लाई सिक्न सिकाइरहेको त ?

यसको उत्तर जान्नको लागि विद्यार्थीको गृहकार्य प्रतिको धारणा बुझ्न अत्यन्तै जरुरी हुन्छ । मेरो अनुभबमा ५०% भन्दा बढी विद्यार्थी स्वत: स्फुर्त रुपमा गृहकार्य गर्न जाँगर गर्दैनन् । जसको कारण उत्प्रेरणाको कमि, पारिवारिक अबस्था, बिषयबस्तुको जटिलता अथवा गृहकार्य औचित्यपूर्ण नहुनु आदि हुन सक्छ्न् । यदि विद्यार्थीको आफ्नो सिकाइ प्रती उत्तरदायी र उत्प्रेरित छैनन् भने उनिहरु गृहकार्य गरेतापनी सिक्नको लागि भन्दा पनि गृहकार्यका लागि गृहकार्य गरेका हुन्छन् । त्यसैले कसैले गृहकार्य गर्छ भनेर मात्रै मख्ख पर्नु पर्ने ठाउँ नहुन पनि सक्छ । गृहकार्य गर्ने बिधार्थी गृहकार्यको महत्त्व नबुझिकन शिक्षक, अभिभावक को यातना बाट बच्नको लागि मात्रै गरेको पनि हुन सक्छ । मेरो बिचारम बिध्यार्थीले गृहकार्य गृहकार्य कै लागि (देखावटी) गरेको हो भने गर्नु र नगर्नु मा केही तात्विक फरक छैन ।

गृहकार्य दिनै पर्ने गर्नै पर्ने हो ?

मेरो बिचारमा गृहकार्य दिइनु पर्छ । तर गृहकार्य दिने शैली, पद्धति र प्रकारको बारेमा चाहिँ उचित बहस र सुधारको खाँचो छ ।  शिक्षकले गृहकार्य दिएर मात्र पुग्दैन  उसले बिध्यार्थिलाइ गृहकार्य प्रती जिम्मेवार बन्न पनि सिकाउनु पर्दछ र गृहकार्य घरमा गरिने काम भएकाले अभिभावक पनि उत्तिकै जिम्मेबार हुन्छन् । गृहकार्य नदिए के हुन्छ ? बिद्यार्थीलाई बिध्यालय मै सबै कुरा सिकाउन पनि सकिन्छ । जसको लागि सबै सम्बधित ब्यक्ती र संस्था को सहयोग भने अपरिहार्य हुन्छ । बिध्यार्थिले समान्यतया ६ घण्टा बिध्यालयमै ब्यतित गर्दछ्न् । यो अबधी सिक्न र सिकाउन प्रशस्त हुन्छ । यसरी सबै काम विद्यालयमै गराउदा घरमा अन्य कुराहरु जस्तै घरायसी काम, सामाजिक काम, व्यवहार, आदि सिक्ने मौका पाउदछन् । जुन अति नै महत्त्वपूर्ण पनि हो । यो भनिरहदा खोज तथा अन्वेषण कार्य, फिल्ड भिजिट तथा प्रोजेक्ट वर्क जस्ता काम जुन बिध्यालयमा गराउन सम्भव हुदैन भने दिइनु पर्दछ । बिध्यार्थीलाई गृहकार्य अथवा सिकाइ प्रतिको झुकाव बढाउन विभिन्न उपाएहरु अपनाउन सकिन्छ । तर अहिले ती उपायहरु छलफल गर्नु मुख्य ध्यय होइन ।

अभिभावकको गृहकार्यमा के भुमिका हुन्छ ?

गृहकार्य घरमा गर्न दिइन्छ । घरमा गर्ने काम भन्दा बित्तिकै घरका सदस्यहरुको प्रत्यक्ष वा परोक्ष रुपमा संलग्नता हुन्छ । यसरी बच्चाको सिकाइमा अभिभावकको हात रहन्छ । अभिभावकले गृहकार्यलाई ग्रहण गर्ने तरिकाले बच्चाले गृहकार्य गर्ने नगर्ने र कसरीगर्ने भन्ने कुराको निर्धारण गर्दछ । कतिपय अभिभावकको बुझाइमा गृहकार्य सिक्ने माध्यम भन्दापनी आफ्ना छोराछोरीलाई अनावश्यक र अनैतिक क्रियाकलापबाट जोगाउने (एक प्रकारको बन्धन) साधनको रुपमा लिने गरेको पाहिन्छ । यसरी घरमा छोराछोरीलाई तह लगाउने उपाय गृहकार्य हो । अभिभावकले गृहकार्य गर्न लागाउनु जिम्मेवारी पनि हो। जसको लागि विभिन्न तरिका, भुमिका र उपाय अपनाउन सकिन्छ ।

अभिभावक ब्यवस्थापक को रुपमा (Manager):

गृहकार्य गर्नको लागि आवश्यक भौतिक र वातावरणिय ( कोठा, आवश्यक फर्निचर, आवस्यक सामग्रीहरु आदि ) ब्यवस्थापन गर्नुपर्ने हुन्छ । बच्चालाई आकर्षित गर्ने खालका उपकरण जस्तै मोबाइल, टिभी, गेम खेल्ने साधन आदि लाई हटाउनु पर्दछ र आफुले पनि उसलाइ असर पर्ने गरि प्रयोग गर्नु हुदैन ।

उत्प्रेरणाको स्रोतको रुपम(Motivator):

अभिभावकले छोराछोरीलाई गृहकार्यमा लागाइ राख्नको लागि गृहकार्यमा गम्भीर भइ यसको आवस्यकता, प्रभावकारीता र महत्त्वको बारेमा उनिहरुलाइ बताउनु पर्दछ ।

अभिभावक उदाहरण को रुपमा (Model):

 छोराछोरीलाई पढ भनिरहदा आफू पनि पढ्ने गर्नु पर्दछ । उनीहरुलाई पढ्न लगाएर आफू नजिकै बसेर टिभी हेर्ने, मोबाइल चलाउने, गफ गर्ने जस्ता कार्य हरु गर्नु हुदैन । यसले बच्चालाई एकीकृत हुन दिदैन ।

अभिभावक मुल्यांकन कर्ता र सहयोगी को रुपमा (Monitor):

अभिभावकले गृहकार्य प्रती चासो देखाइ गृहकार्य गरे नगरेको र के र कसरी गरिराखेका छन् भन्ने थाहा हुनु पर्दछ । आवस्यक परे सहयोग गर्नु पर्दछ ।

शिवराम पौडेलको घर पर्बत हो र उहाँ हाल कास्कीको पोखरामा अध्यापन गर्नुहुन्छ ।