सुर्खेत, १७ जेठ (जागरण) । कर्णाली प्रदेशमा फिरन्ते जीवन बिताइरहेका राउटे समुदाय आज आफूले सरकारी परिचयपत्र प्राप्त गरेको दैलेखको गुराँस गाउँपालिकामा फिर्ता भएका छन् ।
केही महिना अघि गुराँस गाउँपालिकाबाट सुर्खेतको वीरेन्द्रनगर नगरपालिका, लेकवेशी नगरपालिका लगायतका जंगलमा बसोबास गरेका राउटेहरु आज गुराँसमै फिर्ता भएका हुन् ।
गुराँस गाउँपालिकाबाट हुनुपर्ने सामाजिक सुरक्षा भत्ता लगायत सरकारी कामका लागि दुरी टाढा हुँदा राउटेहरुले समस्या झेल्ने गरेका थिए ।
आफूहरुले सरकारी परिचयपत्र प्राप्त गरेकै गाउँपालिकामा फर्किएको राउटे समुदायका नागरिकले बताएका छन् ।
गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले राउटेहरु आफ्नै गृहपालिकामा फर्किएकाले अव सरकारी सेवा प्रवाहका लागि सजिलो हुने विश्वास व्यक्त गर्नुभयो ।