निःशुल्क आँखा शिवीरले नागरिक खुसी

शंकर केसी ।
सल्यान, १८ जेठ (रेडियो कपुरकोट) । निःशुल्क आँखाको जाँच, चश्मा र अप्रेशन सेवा पाएपछि सल्यानको कपुरकोट गाउँपालिकाका नागरिकहरु खुसी भएका छन् ।
गाउँपालिकाको आयोजना र नेपाल नेत्र ज्योती संघ, राप्ती आँखा अस्पताल तुलसिपुर दाङको प्राविधिक सहयोगमा आज सञ्चालन भएको शिविरमा सेवा पाएकाहरु खुसि देखिएका हुन् ।
निःशुल्क चश्मा पाएपछि कपुरकोट ५ खाली का ६९ वर्षिय बहादुर ओलीले आफ्नै ठाउँमा उपचार पाउँदा स्थानिय सरकार आफुहरुसंग रहेको महसुस भएको बताउनुभयो ।
विपन्न जनताहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गरी स्वास्थ्य शिविर संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।
शिविरमा ६ सय भन्दा बढिले लाभ प्राप्त गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण दाहालले जानकारी दिनुभएको समाचार रेडियो कपुरकोट सल्यानले पठाएको छ ।