नेकपा कर्णालीले सांगठनिक कार्ययोजना बनाउँदै

सुर्खेत, १९ जेठ (जागरण) । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटीको दोस्रो वैठक सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको छ ।
प्रदेश कमिटी अध्यक्ष गोरख बोगटीको अध्यक्षता तथा प्रदेश इन्चार्ज जनार्दन शर्मा र सहइन्चार्ज यमलाल कँडेलको आतिथ्यतामा वैठक शुरु भएको हो ।
दोस्रो वैठकमा प्रदेश अध्यक्ष बोगटीले पहिलो वैठकयता ६ महिनाको प्रतिवेदन पेश गर्नुभएको छ । यस्तै पहिलो वैठकले गरेका निर्णयको कार्यन्वयनको सन्दर्भमा छलफल समेत भएको छ ।
बैठकमा पाँच वटा समूह बनाएर समिक्षा र आगामी कार्ययोजनाबारे छलफल भएको नेकपा सुर्खेतका सचिव कृष्ण जिसीले बताउनुभयो । समूह छलफलबाट निस्किएका निष्कर्षको आधारमा आगामी कार्ययोजना बनाइने उहाँले बताउनुभयो ।
जिसीकाअनुसार दुई दिन सम्म चल्ने वैठकमा भोली सांगठनिक कार्ययोजना तयार गरी जिल्ला कमिटीहरुलाई पूर्णता दिनुका साथै स्थानिय तहमा नेतृत्व तोक्ने तयारी रहेको छ । बैठकको पहिलो दिन इन्चार्ज शर्मा, सहइन्चार्ज कँडेल र अध्यक्ष बोगटीले आफ्नो धारणा व्यक्त गर्नु भएको छ ।