सुर्खेत, २० जेठ (जागरण) । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशका चार वटा जिल्लाका कमिटीहरुलाई पूर्णता दिएको छ ।
पार्टीका प्रदेश सहइन्चार्ज यमलाल कँडेलको संयोजकत्वमा बनेको टिमले कालिकोट, हुम्ला, जुम्ला र जाजरकोट जिल्लाका कमिटीहरुलाई पूर्णता दिएको हो ।
यसअघि केन्द्रबाट अध्यक्ष र सचिव तोकिएकोमा अव अन्य सदस्यहरुको टुङ्गो लागि वीरेन्द्रनगरमा बसेको प्रदेश कमिटीको दोस्रो वैठकले केन्द्रिय कमिटीमा सिफारिस गर्नेगरी अनुमोदन गरेको छ ।
प्रदेशले केन्द्रिय कमिटीमा पठाएपछि केन्द्रिय कमिटीले पनि राष्ट्रिय परिषद्मा पठाउनेछ र वैधानिकता पाउने नेकपाले जनाएको छ । कर्णालीका अन्य ६ जिल्लाका कमिटीहरुलाई पनि पूर्णता दिन छलफल चलिरहेको छ ।
अव पूर्णता पाएका जिल्ला कमिटीहरुले स्थानिय तहहरुमा कमिटी तयार गर्नेछन् । स्थानिय तहमा कमिटी तयार गर्नका लागि जिल्ला कमिटीहरुलाई प्रदेश कमिटीले असार १५ भित्रको समयसिमा दिएको छ ।