निर्माण भएको भवन बिद्यालयलाई हस्तान्तरण नगर्दा पढाईमा समस्या

मुगु, १४ वैशाख (जागरण) । मुगुको छाँयानाथ रारा नगरपालिका १४ वडामा रहेको हिमदोय निम्न माध्यामिक विद्यालयलाई एक गैर सरकारी संस्थाले निर्माण गरिदिएको भवन हस्तान्तरण नगर्दा पढाईमा बाधा पुगेको छ ।
असल छिमेकी ईन्टरनेशनको आर्थिक सहयोगमा असल छिमेकी नेपाल नामक गैर सरकारी संस्थाले हिमदोय निमाबिका लागी २०६९ बाट निर्माण थालेको १६ कोठा सहितको दुई तले भवन निर्माण सम्पन्न गरी ६ बर्ष सम्म भवन हस्तान्तरण नगर्दा बिद्यार्थीको पढाईमा समस्या बाधा पुगेको हो ।
१ करोड ८४ लाख रुपैयाँमा निमार्ण कार्य सम्पन्न भई सक्दा पनि निमार्ण कार्य जिम्मा लिएका यि दुबै गैर सरकारी संस्था बिच भएको सम्झौता तोडिएका कारणले भवन अलपत्र परेको स्थानियबासिको भनाई छ ।
हस्तान्तरण नगरेको भवनमा पढाई सुरु गर्ने हो भने कानुनी समस्या आइपर्ने डरले अरु निकायले पनि सहयोग दिन नमानेकाले बिद्यार्थीको पढाईमा बाधा पुगेको विद्यालयका प्रधानाध्यापक हंशबहादुर बडुवालले बताउनुभयो ।