मदिरा पिएर पढाउने शिक्षकको जागिर गयो

जाजरकोट, १४ वैशाख (जागरण) । जाजरकोटको एक विद्यालयमा मदिरा सेवन गरी विद्यालय जाने शिक्षकलाई जागिरबाट अवकाश दिईएको छ ।
कुशे गाउँपालिकाको ५ खुर्पा्स्थित लक्ष्मीप्राप्ती माध्यमिक विद्यालयमा कार्यरत शिक्षक हेमराज शाहीलाई विद्यालयले अवकास दिएको हो ।
मावि तह राहत दरबन्दीको अंग्रेजी विषयमा कार्यरत शाहीले विद्यालय समयमा पटक पटक मदिरा पिएर पठनपाठनमा बाधा पु¥याएकाले कारबाही गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश कुमार सिंहले बताउनुभयो ।
बारम्वार चेतावनी दिँदा पनि अटेर गरेपछि अभिभावक भेलाले उनलाई अवकास दिएको थियो । अभिभावक भेलाको निर्णयको आधार र पटक पटक मदिरा नपिउन दिएको निर्देशन पालन नगरेको भन्दै विद्यालय व्यवस्थापन समितिले शिक्षक पदमा अयोग्य ठहर गर्दै अवकास दिने निर्णय गरेको प्रधानाध्यापक सिंहले बताउनुभयो । उनको अवकासपछि नयाँ शिक्षक पदपूर्तिका लागि अनुमति माग गरिएको छ ।