रुकुम पश्चिम, २१ जेठ (जागरण) । पर्यटन विकासका लागी कर्णाली रारा पर्यटन भ्रमण वर्षको प्रवद्र्धनात्मक कार्यक्रमअन्तर्गत प्रदेश वन निर्देशनालय सँगको सहकार्यमा ‘आहा कर्णाली’ सञ्चालन गरिएको छ ।
रुकुम पश्चिमको स्यार्पू तालमा आन्तरिक तथा बाह्य पर्यटकहरु दिनानुदिन बढीरहेका छन् । सुन्दर स्यार्पूताल पर्यापर्यटनको हिसावले निकै महत्वपूर्ण छ । त्यो तालमात्रै आकर्षकको केन्द्र होइन, त्यहाँ आसपासमा धार्मिकस्थलहरु छन् । यस्तै पर्यटकहरु स्यार्पूभित्रका माछा अवलोकन गरेर रमाउन पनि सक्छन् । स्यार्पूतालबारे थप बताउँदै हुनुहुन्छ, विगत एक दसकदेखि पर्यटन विकासको क्षेत्रमा क्रियाशिल संस्कृति तथा पर्यटन विकास केन्द्र रुकुमका पहलसिं घर्तिमगरः