हुम्ला, २१ जेठ (जागरण) । नेपाली चलचित्र उद्योगका महानायक राजेश हमाल कर्णाली र कैलाश मानसरोवरको भ्रमणमा निस्किनुभएको छ । मानसरोवर तीर्थयात्राका साथै कर्णालीका हिमाली जिल्लाहरुको भ्रमणका लागि हमाल काठमाण्डौँ बाहिर निस्किनुभएको हो । उहाँ आज हुम्ला पुग्नुभएको छ ।
पर्यटन र हुम्ली साँस्कृतिक सम्पदाको प्रचारको लागि सदरमुकाम सिमकोटमा आयोजना गरिएको ‘हुम्ला बाइजाउँ’ कार्यक्रममा हमालले हुम्लेलीलाई छमछमी नचाउनुभएको छ ।
आफन्तलाई बोलाएर रातो काम्लो ओढाउने हुम्लेली संस्कारअनुरूप रातो बख्खु र रातो काम्लो ओढाएर हमाललाई भर्जिन हुम्ली बनाइएको छ ।
महानायक हमाललाई हुम्लावासीले हुम्ली कलासांस्कृतिक झकीझकाउ सहित हुम्ली मार्सी धान, अर्गानिक चिनोको भात, फाफरको रोटी र हुम्ली भेषभूषाले स्वागत गरेका छन् ।