शिक्षक महासंघ कर्णालीमा अधिकारी

सुर्खेत, २३ जेठ (जागरण) । शिक्षकहरुको साझा संगठन नेपाल शिक्षक महासंघ कर्णाली प्रदेश कमिटीको अध्यक्षमा देवेन्द्रराज अधिकारी चयन हुनुभएको छ ।
प्रदेश राजधानी सुर्खेतमा भएको महासंघको भेलाले अधिकारीलाई अध्यक्षमा सर्वसम्मत् चयन गरेको हो ।
अधिकारी दैलेखको भगवतीमाई गाउँपालिका स्थित ज्वाला माध्यमिक विद्यालयका प्रधानाध्यापक हुनुहुन्छ । उहाँले लामो समयदेखि शैक्षिक आन्दोलन र शिक्षकका हकहितका लागि अगुवाई गर्नुभएको छ ।
शिक्षकहरुका अन्य पेशागत संगठनहरुले नामावली उपलब्ध गराएपछि केही दिनभित्रै महासंघको प्रदेश कमिटीलाई पूर्णता दिइने बताइएको छ ।