कपुरकोटमा एकैसाथ तीन खाले प्रतियोगिता

शंकर केसी ।
सल्यान, २३ जेठ (रेडियो कपुरकोट) । सल्यानको कपुरकोटमा भलिवल, ब्याटमिन्टन र महिला दौड प्रतियोगिता आजदेखि शुरु भएका छन् । प्रथम अध्यक्ष कप खेलकुद प्रतियोगिता अन्तर्गत कपुरकोट गाउँपालिका, खेलकुद विकास समितीको आयोजनामा प्रतियोगिताहरु सुरु भएका हुन् ।
प्रतियोगिताको गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले उद्घाटन गर्नुभएको हो ।
प्रतियोगिता अन्तर्गत पुरुष भलिवलमा ६ वटा वडाबाट एक एक वटा समूह, ब्याडमिन्टनमा १२ वटा समूह तथा चार सय मिटर महिला दौडमा एक वडाबाट एक जना गरी ६ जनाले प्रतिष्पर्धा गर्ने समाचार रेडियो कपुरकोट सल्यानले पठाएको छ ।