आहा कर्णालीः कोटदरबार पुनर्निर्माण गरी पर्यटन भित्र्याइदै (अडियो सहित)

अप्सरा विष्ट ।
कालिकोट, २६ जेठ (जागरण) । नेपालमा बाइसे–चौविसे राज्य हुँदा राजकाजका लागि प्रयोग भएको कालिकोटको कोटदरबार हिजोआज पर्यटकीय क्षेत्र बनेको छ । ऐतिहाँसिक र धार्मिक महत्व बोकेको कोटदरवारमा कालिकोट भित्रै र बाहिरबाट पुगेका पर्यटकहरु विशेष चासोका साथ घुम्न पुग्छन् । वि. सं. १३४४ सम्म कोटदरबारमा राज्य गरेको भएपनि त्यस यता भग्नावशेषमा परिणत भएको स्थानिय नागरिक कटक बहादुर शाही बताउनु हुन्छ ।

कोटदरबार नजिकको मन्दिर ।

पर्यटनका हिसावले जिल्लाकै महत्वपूर्ण स्थानका रुपमा चिनिएको यो ठाँउमा अहिले मर्मत सम्भार भइरहेको छ । बाईसे चौबिसे राज्यका राजाहरुले अग्लो टाकुराहरुमा बस्ने भएकाले कोटदबार पनि त्यही ऐतिहासिकता सँग जोडिएको छ । यो दरबार क्षेत्रमा प्रवेश गर्दा देख्न सकिन्छ रानी ढुङ्गा, कैदी राख्ने ठाउँ र घोडाबास छुट्टाछुट्टै छ ।

कोटदरबारको भग्नावशेष ।

कालिकोटको सदरमुकाम मान्म भित्रै पर्ने यो दरबार पहिला र अहिलेको अवस्था फरक भएको खड्क्या नेपालीले बताउनुभयो । दरबारलाई पर्यटनको केन्द्र बनाउन नयाँ संरचनाहरु बनाइदैछ । दरबार क्षेत्रलाई पर्यटकिय पार्कको रुपमा विकास गर्न थालिएको छ । अहिले प्रतिक्षालय, मन्दिर, शालिक बनाउन लागिएको खड्क्या नेपाली ज्यामीले बताउनुभयो ।
कोटरवारमा अहिले पिक्निक स्पर्ट, राजा मलिभम्वको सालिक, नवदुर्गा मन्दिरको पुनर्निमार्ण कार्य भैरहेको निर्माण समितिका सचिव प्रेमबहादुर शाही ।

कोटदरबारको भग्नावशेष ।

कालिकोटको पर्यटकिय क्षेत्र कोटदबार पहिला भन्दा अहिले राम्रो र घुम्नलायक भएको आन्तरिक पर्यटक भिषण केसीको भनाई छ ।
खाँडाचक्र नगरपालिकाले गत वर्ष २४ लाख आर्थिक लगानीमा कोटदरबारको घेरवार गरेको छ । दरबारकै लागि कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ५० लाख रुपैयाँ वजेट छुट्याएपछि अव हरित पार्क बनाउने तयारी रहेको नगर प्रमुख जसी प्रसाद पाण्डेको भनाई छ ।

अडियो सुन्नुहोस्ः