अधुरोका टेलर सार्वजनिक

सुर्खेत, २८ जेठ (जागरण) । सामाजिक कथामा आधारित लघु चलचित्र अधुरोको टेलर सुर्खेतको वीरेन्द्रनगरमा सार्वजनिक गरिएको छ ।
बालविवाह लगायतका कुप्रथाविरुद्धको अभियानस्वरुप तयार भएको लघु चलचित्र अधुरोको टेलर एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।
कर्णाली प्रदेशमा व्याप्त बालविवाह न्यूनिकरणका लागि चेतना बृद्धी गर्नका लागि चलचित्र तयार गरिएको चलचित्रका निर्माता राजेन्द्र खड्काले बताउनुभएको छ ।
करिव एक घण्टा लामो चलचित्र प्रमिला खड्काको लेखन तथा राजेश कुमालको निर्देशनमा निर्माण भएको हो ।

हेर्नुहोस् अधुरोमा समावेश गीतः