आहा कर्णालीः वाइसे–चौबिसे राज्यको नमूना जाजरकोट दरबार (अडियो सहित)

सुर्खेत, २९ जेठ (जागरण) । आकर्षक कला कृतिको प्रयोग गरेर निर्माण गरिएको जाजरकोट दरबारको सुन्दरतालाई अवलोकन गर्न जो कोही नागरिक पनि उत्साहित हुने गर्दछन् । विश्व सम्पदा सुचीमा पर्न सफल यो दरबार पछिल्लो समय भने विस्तारै ओझेलमा पर्न थालेको छ ।
दक्षिण तिर कलकल बग्ने भेरी नदी र रुकुम पश्चिममा पर्ने चौजहारीको सुन्दर दृश्य, उतर तिर कुशे पाटनको मनोरम दृश्य, पूर्वतिर सिस्ने हिमालको अंकमाल गरेको जस्तो देखिने वरिपरी हरिया पहाडहरुको बिचमा छ जाजरकोट दरबार । जाजरकोट दरबारलाई प्रकृतिक सुन्दरताले नै स्वर्गको टुक्रा जस्तै बनाई दिएको छ ।


नेपाललाई एकिकरण गर्ने गोर्खाका राजा पृथ्वी नारायण शाहसँग मीत लगाएका जाजरकोटी राजा हरी शाहले निर्माण गरेको जाजरकोट दरबार त्यस जमनाको निकै आर्कषक दरबार हो ।
जाजरकोट दरबारलाई, जाजरकोटी राजा हरी शाहाले भक्तपुरका चर्चित कालिगढ् नाग्चेलाई जाजरकोटमा ल्याएर उनकै डिजाईनमा दरबार निर्माण गरिएको जाजरकोट सस्कृति तथा इतिहासका जानकारहरुको भनाई छ ।
रुकुमको चौजहारीमा फैलिएको इट्टाहरु जनताद्वारा बोकाएर राजाले दरबारको निर्माण गरेका हुन् । दशैको राम नाममिका दिन प्रत्यक वर्ष दरबार र जाजरकोट राज्यको ऐतिहाँसिकता एवम साँस्कृतिक महत्व झलकाउने रागो बलिहान्ने मेला पनि पछिल्लो समय ओझेलमा पर्न थालेको स्थानिय समाजसेवी दीपक खनालको भनाई छ ।
उहाँका अनुसार पृथ्वीनारायण शाहले जाजरकोटी राजा हरी शाहलाई दिएको शक्तिको मुक्ति मान्दै खड्क पुजा गर्ने राम नवमी नौ रागा, नौ वोका बलि दिने चलन छ ।
चारै तिर दरबारको भव्यमहल बिचमा रानीले नुहाउने तलाउ रहेको दरबारका धेरै संरचनाहरु भक्ति सकेका छन् । दरबार प्रवेश गर्नु भन्दा केही टाढा दुई वटा सिहंले खुटा उचालेर आक्रोष व्यक्त गरेको तस्विर झल्किने कलात्मक गेट पनि थियो । तर यो २०३१ सालतिर भत्किसकेको छ ।
जाजरकोट दरबारको संरक्षण, सम्वद्र्धन र विकासका लागि आफूहरु लागिपर्ने जनप्रतिनिधिहरु बताउँछन् । हालसम्म दरबारभित्र नागरिक प्रवेश गर्दा कुनै शुल्क लाग्दैन । अव दरबारलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरी त्यसबाट आन्तरिक आर्थिक आम्दानी समेत बढाउने गरी पहल हुने जाजरकोटबाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेशसभा सदस्य कृष्णा शाह बताउनुहुन्छ ।
सरकारले २०१७ सालमा राजा रजौटाहरु उल्मुलन गरे पछि जाजरकोटी राजा बस्न छोडेको यस दरबारका सबै महत्वपुर्ण एवम् ऐतिहाँसिक वस्तुहरु अहिले हराइ सकेका छन् । कुनै पनि देशको राजनितिक व्यवस्था परिवर्तन हुनसक्छन् । त्यस्ता परिवर्तनहरु अघि बढ्दा पुराना इतिहाँसलाई भुल्ने भन्दा पनि इतिहाँसलाई भावी पुस्ता सम्म पु¥याउन यस्ता सम्पदाको विकास, विस्तार र प्रचार गर्न जरुरी छ ।

सुन्नुहोस् अडियोः