ट्रिप्परको ठक्करबाट पत्रकार नन्दबहादुर गेलाङ्गको मृत्यु

सुर्खेत, २९ जेठ (जागरण) । ट्रिप्परको ठक्करबाट सुर्खेतका पत्रकार नन्दबहादुर गेलाङ्गको मृत्यु भएको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिका–८ लोदेमा टिप्परकोे ठक्करबाट नेपाल पत्रकार महासंघ सुर्खेतका सहसचिव, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सुर्खेतका संस्थापक अध्यक्ष तथा सुर्खेत पहिचान दैनिकका सम्पादक गेलाङ्गको घटना स्थलमै मृत्यु भएको हो ।


भेरीगंगाको छिन्चुदेखि गुर्भाकोट नगरपालिका मेहलकुनातर्फ जाँदै गर्दा गेलाङ्ग सवार भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई रुकुम पश्चिमबाट विपरित दिशातर्फ कुदिरहेको बा ५ ख १६८३ नम्बरको ट्रिप्परले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईँकाअनुसार प्रारम्भीक अनुसन्धानबाट आफ्नै साइटमा गुडिरहेको मोटरसाइकललाई टिप्परले ठक्कर दिएको छ ।
ठक्कर लगत्तै ट्रिप्पर चालकले ब्याक गरेर गेलाङ्गको हत्या गरेको र चालक फरार रहेको चौलागाईँले बताउनुभएको छ ।
पत्रकार गेलाङ्गको मृत्युमा दुःख व्यक्त गर्दै नेपाल पत्रकार महाँसंघ कर्णाली प्रदेश समिति र जिल्ला समिति सुर्खेतले विज्ञप्ति जारी गरेका छन् । उनीहरुले विज्ञप्तिमा दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।