नन्द कठायत ।
मुगु, ३० जेठ (जागरण) । मुगुकोे छायाँनाथ–रारा नगरपालिका– १४ को बामगाउँलाई स्याउको पर्यटकीय हब बनाइने भएको छ ।
जिल्लाकै उत्कृष्ट र गुणस्तरीय स्याउ फल्ने बामगाउँ गाउँलाई यसै वर्षदेखि स्याउ पर्यटकीय गाउँ बनाइने वडा कार्यालयले निर्णय गरेको छ ।
वडा कार्यालयले ‘वाम जाऊँ–निःशुल्क स्याउ खाऊँ’ भन्ने नारासमेत तय गरेको छ । अब वामगाउँ घुम्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले स्याउकै बगैँचामा गएर निःशुल्क स्याउ खान पाउने छायाँनाथ–रारा नगरपालिका– १४ का वडाध्यक्ष नन्दलाल बडुवालले बताउनुभएको छ ।
गाउँमा पुग्ने पाहुनालाई स्याउको बगैँचामा घुमाउने र बगैँचामै रोजेर चाहेजति स्याउ खान दिने निर्णयसमेत गरिएको उहाँले बताउनुभयो ।
छायाँनाथ धार्मिकस्थललाई पर्यटकको केन्द्र बनाउन सकिने सम्भावना धेरै छ । विशेषगरी हिन्दुहरुका चार वटा धामहरुमध्ये एउटा धाम हो छायाँनाथ ।
छायाँनाथको सन्दर्भमा बताउँदै हुनुहुन्छ । कर्णाली प्रदेशसभा साँसद् दानसिं परियारः