सुर्खेत उपत्यकामा भेरीको पानी लिफ्ट गर्ने माग संसद्मा

सुर्खेत, ३० जेठ (जागरण) । सुर्खेतको निर्वाचन क्षेत्रनम्वर २ का प्रतिनिधिसभा सदस्य नवराज रावतले भेरीको पानी लिफ्ट गरेर सुर्खेत उपत्यकामा पुर्‍याउने विषय योजनामा समेटी कार्यन्वयनमा अघि बढाउन अनुरोध गर्नुभएको छ ।


पञ्चपुरी नगरपालिका, वराहताल गाउँपालिका र चौकुने गाउँपालिकाका वृहत खानेपानी आयोजनालाई अघि बढाउन रावतले माग गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको वैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका योजनाभित्र विचार व्यक्त गर्दै उहाँले यस्तो माग गर्नुभएको हो ।
रावतले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मदन भण्डारी राजमार्ग अन्तर्गत बड्डीचौर, गुटु, वेनीघाट हुँदै अघि बढ्ने सडकलाई आरएआइडिपीले वर्षौँदेखि आगटिरहेकाले अव रातोकिताव भन्दा पनि काममा जनताले योजना देख्न चाहेको बताउनुभयो ।