आहा कर्णालीः रारादेखि छायाँनाथ धामसम्म हेलिकप्टर प्याकेज

मुगु, ३२ जेठ (जागरण) । आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा परेको रारा क्षेत्रमा पर्यटनलाई थप टेवा पु¥याउन असार पहिलो हप्तादेखि रारादेखि छायाँनाथ धामसम्म हेलिकप्टरको प्याकेज ल्याइने भएको छ ।
रारा पुग्ने पर्यटकले राराको थप घुम्ने स्थान पहिचान गर्न नसक्दा पर्यटकको रारा बसाई छोटो हुने गरेको सरोकारवालाले बताएका छन् । जसले गर्दा स्थानीय नागरिकले राराबाट लाभ लिन नसकेको देखिन्छ ।

राराको सुन्दरता ।

राराबाट धार्मिक स्थल छायानाथ देखिने भए पनि हिडेर जान ४ देखि ५ दिन लाग्ने गरेको छ । जसले गर्दा रारा पुगेर छायानाथ जान चाहने आन्तरिक तथा बाह्य पर्यटक त्यतिकै फर्कन बाध्य भएका छन् ।
यद्यपि, यस क्षेत्रमा असार दोस्रो साताबाट हेलिकप्टर प्याकेज सुरु गरिने नेपाल भ्रमण वर्ष-२०२० कर्णाली प्रदेश पर्यटन प्रबद्र्धन प्रादेशिक कार्यक्रम संयोजक राजु कार्कीले जानकारी दिनुभयो ।

हिन्दुहरुको प्रमुख धाम छायाँनाथ ।

हिन्दु धार्मिक मान्यता अनुसार यो स्थानमा महादेवले सतिदेविको शव बोकेर घुम्दै जाने क्रममा अन्तिम अंग पतन भएको विश्वास रहेको कार्कीले बताउनुभयो ।
त्यस्तै विश्वका चारवटा मुख्य धाम मध्ये जेठो धाम मानिएकाले पनि यसको विशेष महत्व रहेको हुँदा धार्मिक पर्यटनको सम्भावना रहेकाले रारा—छायानाथ हेलिकप्टर यात्रा सुरु गर्न लागेको संयोजक कार्कीले बताउनुभयो ।
सञ्चारकर्मीसँगको अन्तक्र्रियामा कार्कीले असार दोस्रो सातादेखि रारा छायानाथ—माथिल्लो मुगु हुँदै पुन रारा फर्किनेगरी हेलिकप्टरको प्याकेज यात्रा सुरु गरिने बताउनुभयो ।
कैलाश मानसरोवर जान सबै भन्दा छोटो नाका गमगढीदेखि मुगु गाउँ हुँदै नाक्चे लग्नलाई विशेष प्राथामिकता दिई सरकारको ध्यान केन्द्रीत गराइने कार्कीले भनाई छ । यो नाकाबाट कैलाश मानसरोवर १ सय ५० किलोमिटरको दुरी छ ।