काठमाण्डौँ, १ असार (जागरण) । काठमाण्डौँमा जारी सहिद स्मारक सी डिभिजन लिग छनोट फुटवल प्रतियोगिता अन्तर्गत दोस्रो चरण (नकआउट चरण) का खेलहरु आजदेखि शुरु हुँदैछन् ।
आज हुने खेलमा समूह ’ए’ बाट सरस्वती नगर स्पोर्ट्स क्लब र इमाडोल युवा क्लब तथा झापा फुटबल क्लब र एक्टिभ फुटबल क्लबबीच खेल हुनेछ ।
यस्तै भोली समूह ’बी’ बाट च्याम्पियन बोइज सेतीओपी र चर्च बोइज युनाईटेड तथा सुन्धारा युवा क्लब र चेबहाल युवा क्लबबीच खेल हुनेछ ।
पर्सी मंगलबार हुने खेलमा बागमती युवा क्लब र बिरगंज युनाईटेड तथा ठमेल फुटबल क्लब र स्पोर्ट्स एकेडेमीबीच खेल हुनेछ । तीनै समूहको विजेता टोलीले फाइनलमा स्थान बनाउने छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) काअनुसार दोस्रो चरणका लागि छनोट भएका १२ टोलीलाई ३ समूहमा विभाजन गरेर खेल तालिका बनेको छ ।
एक समूहमा ४ टोली राखिएको छ र, हरेक समूहको विजेता टिम ’सी’ डिभिजन लिगमा बढुवा हुनेछ । यसपटक ३ क्लब ’सी’ डिभिजनमा बढुवा हुनेछ ।