सुर्खेत, १ असार (जागरण) । कर्णाली प्रदेश सरकारले कर्णाली युवा तथा खेलकूद परिषद् गठन गर्ने भएको छ । ‘स्वास्थ्य र मनोरञ्जनका लागि खेल’ भन्ने अवधारणा अनुरुप प्रदेश सरकारले सवै नागरिकलाई खेलकूदप्रति आकर्षित गर्न विकासमा युवा परिचालनलाई प्रभावकारी बनाउन परिषद् गठन गरिने भएको हो ।
आगामी आर्थिक वर्षको वजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश रंगशाला, हिमाली रंगशाला र तालिम केन्द्रको स्थापना समेत गरिने बताउनुभएको छ ।
यस्तै कर्णाली प्रदेश सरकारले प्रदेशबाट राष्ट्रिय स्तरमा उत्कृष्ट खेल प्रदर्शन गर्नेहरुका लागि १ लाख रुपैयाँसम्म र अन्तर्राष्ट्रिय खेलमा पाँच लाख रुपैयाँसम्म नगद पुरस्कार प्रदान गर्ने भएको छ ।