भावना हमाल
असार २ ,दैलेख । (जागरण) चारैतिर काँडेतारले बेरिएको पर्खाल । दिनहुँ आवज जावत र गाडीको लस्कर पनि चलिरहने एकातिर । शिरशिर हावा चल्नै नहुँने । हावा चल्योकि गढिमाथिको छेउछाउमा आफ्ना प्याँखको चाल गर्ने अनेक थरिका चराचुरुङ्गी आईरहने । माथि आकाशतिर सेतो बादल र निलो आकाशको मज्जा । कोतगढिदेखि चारैतिरका उच्च भु–भागको पनि सजिलै अवलोकन गर्न सकिन्छ ।
काेतगढिकाे सुन्दर दृश्य ।
नेपालमा थाेरै मात्रामा रहेक कोतगढि मध्येकै सबैभन्दा ठुलो धार्मिक,एतिहासीक सांस्कृतिक एवम पर्यटकीय क्षेत्रको हिसाबले हेर्ने हो भने दैलेखमा रहेको उक्त कोतगढिको छुट्टै बिशषेता र महत्व छ । यसको संरक्षणको लागि चालु आर्थिक बर्षमा संघीय सरकारको कर्णाली प्रदेश बन मन्त्रालयबाट खर्च हुने गरि रु .४५ लाख र नारायण नगरपालिकाको रु. १० लाख गरि रु. ५५लाख बजेट विनियोजन गरिएको नारायण नगरपालिका –१का स्थानीय रामबहादुर श्रेष्ठले बताउनुभयो ।
गढिको संरक्षण गरि प्रचार–प्रसार गर्न सके यहाँको आन्तरिक, तथा आर्थिक श्रोतमा निकै ठुलो सहयोग पुग्ने देखिन्छ ।गढिमा पहिले घरहरु थिए , तर हाल भने छैनन् । गढि भित्रका सामाग्रीहरुको समेत संरक्षण भएको देखिदैन । गढिको संरक्षण गरेर टिकट सिस्टमको व्यबस्था गरे अझै व्यबस्थीत हुने स्थानीय सिताकुमारी थापाले बताउनुभयो । गढि हालसम्म राज्यकै मातहतमा रहेका छ कोतगढिको स्थापना बारे त्यहाँ भएका शिलालेखहरु चोरि भएका कारण एकिन गर्न नसकिने श्रेष्ठको भनाई रहेको छ ।
प्राचिन कालदेखिनै अबस्थित गढीको मुल गेटमा नेपाली सेनाले ताला लगाएकोले सर्वसाधारणले अवलोकन गर्न पाउँदैनथे । स्थानीयको माग अनुसार गएको पुस महिनामा नेपाली सेनाको राष्ट्रिय एकता दिवसको अवसरमा नारायण नगरपालिका ,र नेपालि सेनाले सबैका लागि खुल्ला गरेको थिय । हाल भने प्रत्येक दिन विहान १० बजे देखि साँझ ५ बजे सम्म गढिको गेट अवलोकन गर्नेका लागि खुल्ला गरिएको छ । तत्कालि अबस्थामा दैलेखमा रहेको ज्वाला दल गणले दैलेखबाट सुर्खेत सरेर जाँदा तोप पनि स्थानन्तरण गरिएको थियो । तर त्यो तोप हालसम्म फिर्ता गरिएको छैनन । तोप हरु फिर्ता गरि कोतगढिको एतिहासिक गरिमा कायम गर्न तथा गढिको पुरानो संरचना गरि एतिहासिक सम्पदाको संरक्षण गर्नुपर्ने देखिन्छ ।
सुन्नुहोस अडियो रिपाेर्ट्ः