आहा कर्णालीः पर्यटकको रोजाइमा डुडुल चैत्य (अडियो सहित)

पञ्चकली बुढा ।
जुम्ला, ३ असार (रेडियो खुला आकाश) । नेपालका एक सय पर्यटकिय गन्तव्य भित्र पर्ने जुम्लाको डुडुल चैत्य पर्यटकको रोजाईको केन्द्र बन्न थालेको छ । दि हिमालयन पिस एशोसियसन र जुम्लाका मुगाल समुदायबाट निर्मित डुडुल चैत्य पर्यटकको पहिलो रोजाई बन्न थालेको हो । निकै आर्कषक र कलात्मक शैलिमा बनाइएको चैत्यले आन्तरिक र बाह्य पर्यटकको मन जित्न थालेको छ ।
जुम्ला खलंगाको दक्षिण सिंगाचौरमा रहेको डुडुल चैत्यमा दैनिक आन्तरिक तथा बाह्य पर्यटकको घुँइचो लाग्ने गरेको छ । कारण छ, चैत्यको आर्कषक, कलात्मक शैलिको दृष्य र शान्त मनैहराउने वातावरण, चैत्यको बनावट अवलोकनयोग्य त छँदैछ, यसका अलावा त्यहाँबाट सिंगो जुम्ला उपत्यका नियाल्न सकिन्छ । चैत्यबाट खलंगमा अवस्थित चन्दननाथ, भैरवनाथ बाबाको मन्दिर, विमानस्थल, कर्णाली स्वास्थ्य विज्ञान, हिम श्रृखंलाको लोभ लाग्दो दृष्य देख्न सकिने भएकाले पर्यटकलाई आनन्दताको आभास हुने बताउनुहुन्छ स्थानीय रोशन श्रेष्ठ ।


हरेक दिन चैत्यमा घुम्ने, फोटो खिच्ने, शान्त वातावरणमा रमाउनेको ताँति नै लाग्ने गरेका त्यस क्षेत्रका स्थानीय बताउन्छन् । बौद्ध धर्मावलन्वीले निर्माण गरेको तथा सबै खाले धर्मका पर्यटक चैत्यमा पुग्ने गरेकाले यसले धार्मिक सहिष्णुतालाई पनि कायम रोखेको बताउनु हुन्छ, चन्दननाथ नगरपालिका १० का नरेन्द्र नेपाली ।
चैत्यले पर्यटक मात्रै तानेको छैन । रोजगारिको पनि सिर्जना गरेको छ । पातारासी गाउँपालिका ५ का गोर बहादुर बुढा लाई विगत तिन वर्ष पहिले परिवार पाल्न निकै संघर्ष गर्नु पथ्र्यो । उहाँ हिजोआज चैत्यको हेरचाह गर्नु हुन्छ, त्यहाँको तलबबाट सहजै खर्च चलेको बताउनु हुन्छ ।
२७ करोडको लागतमा निर्मित निकै लोकप्रिय पर्यटकिय बन्न थालेको डुडुल चैत्यको २०७५ कार्तिक १४ गते तत्कालिन सँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रि स्वर्गिय रबिन्द्र अधिकारीबाट उद्घाटन भएको थियो । चैत्यलाई अझै आर्कषक बनाउन थप मर्मत भईरहेको मुगाल समुदायका नेतृत्वकर्ता कार्मा ठिले तामाङले बताउनुभयो । चैत्यसम्म सडक सञ्जाल जोडिसकिएको छ । सडक कालोपत्रे हुन सके पर्यटक अझै बढ्ने अपेक्षा छ ।

सुन्नुहोस् अडियो रिपोर्टः