हुम्ला जीप दुर्घटनाः १० को पहिचान (घटनास्थलबाट अडियो जानकारी)

सुर्खेत, ३ असार (जागरण) । हुम्लाको खार्पूनाथ गाउँपालिकामा दुर्घटना भएको जीपमा गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाही हमालसहित १० जना वेपत्ता भएका छन् । घटनास्थलमा पुगेका रेडियो कैलाश हुम्लाका जनकबहादुर शाही काअनुसार दुर्घटनामा खार्पुनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाही हमाल, उहाँका भाई चन्द्र हमाल, नैनसिंह भण्डारी, वसन्ती शाही, गौरा दमाई र गौराको बच्चा, गोकुल सुनार, काठमाण्डौँका राजु श्रेष्ठ नन्ददेवी सिंह र गाडीका चालक मणि शाही रहेका बुझिएको छ ।
जिप हुम्लाको सिमिकोटबाट गाउँपालिका कार्यालय पुग्ने क्रममा बाटोबाट कर्णालीमा खसेर दुर्घटनामा परेको हो । कर्णालीमा गाडी कहाँ छ भन्ने पनि नदेखिएको स्थानिय नागरिकले बताएका छन् ।
लु १ ज ७१६६ नम्बरको जीप खार्पुनाथ गाउँपालिकास्थित यान्चुमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । हुम्लाका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जीपको खोजी भइरहेको जानकारी दिनुभयो ।

घटनाको थप विवरण बताउँदै रेडियो कैलाशका जनकबहादुर हमालः