सुर्खेत, ५ असार (जागरण) । तपाईंका आफन्त वा छोराछोरीको स्वभाव, बोल्ने शैली र दैनिकी अचानक परिवर्तन हुन थालेको छ, शरीर कमजोर बन्दै गएको छ भने सचेत हुनुहोस् उनीहरु लागुपदार्थको दुव्र्यसनमा फसेकोे हुन सक्छन् ।
झगडा गरेर चाहिनेभन्दा बढी पैसा माग्नु, घरबाट पैसा र बहुमूल्य समान हराउँदै जानु, शौचालयमा लामो समय बिताउनु, शरीरमा काटिएको खत देखिनु, घरमा ढिलो आउनु, छटपटी हुनु, शरीर काम्नु, सुत्ने र उठ्ने समय अचानक परिवर्तन हुनु, आँखा रातो हुनुु, आँसु आइरहनु, बोली लरबरिनु, आँखा जुधाएर कुरा गर्न नसक्नु, सरसफाइमा ध्यान नदिनुु, एक्लोपन रुचाउनु जस्ता मुख्य लक्षण लागुऔषध प्रयोगर्तामा देखिन्छन् ।
सरकारी तथ्याङ्क अनुसार एक लाख ३० हजारको हाराहारीमा नेपालमा कडा लागुपदार्थ सेवन गर्नेको सङ्ख्या रहेको र त्यसमध्ये सात प्रतिशत महिला छन् ।
यस क्षेत्रमा कार्यरत गैरसरकारी संस्था यो संख्या दुई लाखभन्दा बढिरहेको जिकिर गर्छन् । गाँजा, रक्सी जस्ता वस्तुलाई कडा लागु पदार्थको परिभाषा अन्तर्गत राखिएको छैन । लागुऔषध नियन्त्रण राष्ट्रिय नीति २०६३ र लागुऔषध नियन्त्रण रणनीति २०६६ अनुरुप नेपालले लागुऔषधको माग घटाउने, आपूर्ति नियन्त्रण गर्ने र क्षति न्यूनीकरण गर्ने तीन मुख्य उद्देश्य लिएको छ ।
त्यसकारण लागु औषध कारोबार तथा प्रयोग निषेध गर्न कस्ले के गर्नुपर्ला ? भनेर जनतालाई सोधेका छौँ, प्रस्तुत छ जनताको आवाज जस्ताको त्यस्तै ।
सुन्नुहोस् अडियोः