कर्णालीको बजेटबारे छलफल आजदेखि (अडियो सहित)

सुर्खेत, ५ असार (जागरण) । कर्णाली प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको वजेटका सन्दर्भका विषयमा आजदेखि छलफल हुने भएको छ ।
आज बस्ने प्रदेशसभाको वैठकबाट वजेटका विषयमा छलफल हुने भएको हो । आज दिउँसो तीन बजे प्रदेशसभाको वैठक बोलाइएको छ ।
सभामुख राजबहादुर शाहीकाअनुसार तीन दिनसम्म साँसद्हरुले वजेटका विषयमा आफ्ना सवाल प्रस्तुत गर्नेछन् ।
साँसद्हरुका सवालमा रहेर सम्वन्धित मन्त्रीले जवाफ दिएपछि मात्र वजेट वक्तव्य पास वा फेलको प्रक्रिया शुरु हुने सभामुख शाहीले बताउनुभयो ।

असार १ गते कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि ३४ अर्ब ३५ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको थियो ।