विश्वनाथ सिम्खडा ।
कालिकोट, ८ असार (रेडियो चंखेली) । कालिकोटको महावै गाउँपालिका वडा नम्वर ७ राम्निले बाली जोगाउन बाँदरको हेरालु राख्ने भएको छ ।
वर्षौँ देखि बाँदरले बाली सखाप पारेको भन्दै वडा कार्यालयमा स्थानिय नागरिकले गुनासो गरेपछि वार्षिक रुपमा ६० हजार रकम छुट्याएर बाँदरको हेरालु राख्ने निर्णय भएको हो ।
स्थानिय नागरिकले लगाएका मकै, तरकारी र अन्य हिंउदे बालि बाँदरले नोक्सान गरिदिने गरेपछि आफुहरुले यो निर्णय गरेको वडा सचिव अक्कल बहादुर शाहिले जानकारी दिनुभयो ।
खेतमा लगाएको बालि बादरले नै सखाप पार्दा आफूहरुले स्थानिय बजारको चामल किनेर खानु परेको स्थानिय नागरिक कृषक विसमित्र अधिकारीले बताउनुभएको समाचार रेडियो चंखेली कालिकोटले पठाएको छ ।