महिनावारी स्वच्छता र प्रजनन् स्वास्थ्यबारे किशोरीहरुलाई अभिमुखिकरण

शंकर केसी ।
सल्यान, ८ असार (रेडियो कपुरकोट) । सल्यानको कपुरकोट गाउँपालिकाले गाउँपालिकाभित्रका किशोरीहरुलाई महिनावारी स्वच्छता, प्रजनन् स्वास्थ्य र बालबाविवाह न्यूनिकरणबारे अभियानकै रुपमा अभिमुखिकरण गरिरहेको छ ।
गाउँपालिकाको शिक्षा शाखाले विद्यालय विद्यालयमा पुगेर अभिमुखिकरण गर्ने गरेको हो । आज वीरेन्द्र माद्यमिक विद्यालय गर्पामा किशोरी शिक्षा अभिमुखिकरण गरिने गाउँपालिकाले जनाएको छ ।


यसअघि नेपाल राष्ट्रिय माध्यामिक विद्यालय कपुरकोट ४ किमुचौरमा २ सय ३० जना किशोरीहरुलाई अभिमुखिकरण गरिएको छ । आधारभुत तथा माध्यमिक तहका छात्राहरुको लागी एक दिने किशोरी शिक्षा अभिमुखिकरण भएको हो ।
महिनावारी स्वच्छता, प्रजनन स्वास्थ्य, बाल विवाह न्युनिकरण तथा आइपर्ने समस्या समाधानका साथै नेतृत्व विकासमासमेत टेवा पु¥याउने उद्देश्यले अभिमुखिकरण गरिएको शिक्षा शाखा कपुरकोटका प्रमुख कृष्ण भण्डारीले जानकारी दिनुभयो ।
अभियानका सन्दर्भमा कपुरकोट गाउँपलिकाका प्रमुख भिम बहादुर सेनले किशोरीहरुको सामाजिक तथा आर्थिक सशक्तीकरण गर्दै बाल विवाह न्यूनीकरण र लैङ्गिक हिंसा अन्त्य गर्न विभिन्न कार्यक्रम आफुहरुले सञ्चालन गरिरहेको बताउनुभयो ।
यस्तै गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले सानै उमेरमा विवाह गर्दा अनेकौँ समस्या भोग्नुपरेको भन्दै पिडित महिलाहरु न्यायीक समितीमा आउने गरेको बताउनुभयो ।