काँग्रेसको अवरोधले विनियोजन विधेयकमाथि छलफल हुन सकेन (अडियो सहित)

सुर्खेत, ८ असार (जागरण) । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा बैठक अवरोध गरेपछि आगामी आर्थिक वर्षको विनियोजित विद्येयकमाथिको छलफल प्रभावित भएको छ ।
विनियोजित विद्येयकमाथिको छलफलमा मुख्यमन्त्री काम विषेशले बाहिर गएको अवस्थामा बैठक अबरुद्ध नगर्न सभामुख राज बहादुर शाहीले अनुरोध गरे पनि काँग्रेसले त्यसलाई अस्विकार गरेको हो ।
बजेट माथिको छलफलको क्रममा मुख्यमन्त्री महेन्द्रबहादुर शाही बैठकमा उपस्थिती नभएको भन्दै काँग्रेसका सांसदहरु उठेर बैठक अवरुद्ध गरेका हुन् । काँग्रेस संसदिय दलका नेता जीवनबहादुर शाहीले बैठक छोडेर मुख्यमन्त्री हेलीकप्टर चडेर जानु उपयुक्त नभएको बताउनुभयो ।

संसद् सचिवालयकाअनुसार अव कर्णाली प्रदेश सभाको बैठक असार ११ गते दिउसो ३ बजेका लागि बोलाइएको छ । यसअघि असार ६ गते बोलाइएको बैठक पनि कर्णाली प्रदेश सरकारको आग्रहपछि आजसम्मका लागि स्थगित भएको थियो ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले असार १ गते संसदमा प्रस्तुत गर्नुभएको ३४ अर्ब २५ करोड ३४ लाख २५ हजार बराबरको बजेटमाथि छलफल हुन सकेको छैन ।