सुर्खेत, १८ वैशाख (जागरण) । कर्णाली प्रदेशको संसद वैठक आज (मंगलबार) बस्दैछ ।
आज दिउँसो १ बजे बस्ने वैठकमा कर्णाली प्रदेश आकस्मिक कोष विधेयक २०७५ को मस्यौदा पेश गरिने भुमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री एवम् सरकारका प्रवक्ता बिमला केसीले जानकारी दिनुभयो ।
हिजो बसेको मन्त्री परिषद् वैठकले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधा सम्बन्धी विधेयक २०७५ को मस्यौदा स्वीकृत गरेको छ ।
दुवै विधयेक संसद वैठकमा पेश गर्नका लागि आन्तरिक मामिला तथा योजनामन्त्रालयलाई सहमति दिएको पनि प्रवक्ता केसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आजको वैठकमा दुबै विधेयक पेश गर्ने तयारी छ । उक्त विधेयकमाथि आजै छलफल गरी पारित गर्ने तयारी पनि थालिएको बताईएको छ ।