उपभोक्ता बन्नै हानथाप

जाजरकोट, १८ वैशाख (जागरण) । जाजरकोटका सातवटै गाउँ÷नगरपालिकाका विकासे योजना निर्माणका लागि उपभोक्ता समिति गठनमा चरम विवाद हुने गरेको छ ।
सडक, खानेपानी, सिंचाइ, भवनलगायत पूर्वाधार निर्माणसम्बन्धी उपभोक्ता गठनमा बढी विवाद देखिएको छ । राजनीतिक खिचातानी तथा आर्थिक प्रलोभनका कारण उपभोक्ता बन्न हानथाप हुने गरेको हो । एमाले, माओवादी र कांग्रेसका कार्यकर्ताबीच योजनाको उपभोक्ता बन्न विवाद हुने गरेको छ ।
उपभोक्ताबीच समितिको अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा रहन हानथाप हुने गर्छ । वडा तथा गाउँरनगरमा बहुमतमा रहेको दलले एकलौटी ढंगले समिति गठन हुने गरेको छ भने कसैको पनि बहुमत नभएको स्थानीय तहमा उपभोक्ता बन्न बढी विवाद भएको बताईएको छ ।
योजना निर्माण गर्ने निहुँमा बनेको उपभोक्ता समिति कमाइ खाने र्भयाङ भएको नागरिक अगुवा केशवजंग शाहले बताउनुभयो ।
विकास गर्नभन्दा पनि बजेटको दुरुपयोग गर्न उपभोक्ता सक्रिय रहेको शाहले बताउनुभयो । गुणस्तरीय योजना निर्माण गर्ने उदेश्यले उपभोक्ता बन्ने ५ प्रतिशत पनि नभएको उहाँले बताउनुभयो ।
उपभोक्ताले बनाएका अधिकांश योजना गुणस्तरहीन भएको शाहको भनाइ छ । जनप्रतिनिधि तथा राजनीतिकर्मीलगायतको मिलोमतोमा समिति गठनमा विवाद आउनुको साथै योजना निर्माण गुणस्तर हुन नसकेको शाहले बताउनुभयो ।