आहा कर्णालीः सिंजा उपत्यका र पर्यटन (अडियो सहित)

अप्सरा विष्ट ।
जुम्ला, १० असार (जागरण) । जुम्लाको सिंजा उपत्यका ऐतिहासिक जुम्ला राज्यको राजधानी तथा वर्तमान नेपालको प्रशासनिक संरचनामा कर्णाली प्रदेश तथा जुम्ला जिल्लामा छ । विकट मानिने पहाडी तथा हिमाली क्षेत्र बीचमा रहेको सिंजा उपत्यका भुगोल अनुपम छ । तिला नदी यो उपत्यकालाई चिर्दै बाहिर निस्केको छ ।

ऐतिहासिक बजार रहेरपनि हवाइ सम्पर्क मात्र भएको सिंजा उपत्यकामा हालै मात्रै सुर्खेत उपत्यका संग कर्णाली राजमार्ग मार्फत जोडिएको छ । स्याउ लगायतका फलफुलको उत्पादनमा यो उपत्यका अग्रणी मानिन्छ । सिंजा उपत्यका भौगोलिक ऐतिहाँसिक संरचनाले मात्रै परिचित छैन, नेपाली भाषा नै त्यहाँबाट उत्पति भएकाले नेपाली भाषाको उद्गम थलोका रुपमा सिंजा रहेको छ । थप बताउँदै हुनुहुन्छ, कनकासुन्दरी गाउँपालिकाकी उपप्रमुख उर्मिला खत्री भण्डारीः