सुर्खेत, १० असार (जागरण) । सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नं २ म्ाँ गठन भएको किशोरीहरुको समुहले बालविवाह न्यनीकरणका लागि मालारानीको खरिगैरा माध्यमिक विद्यालयमा कम उमेरमा विवाह गर्दा हुने हानीका विषयमा सडक नाटक प्रदर्शन गरेको छ ।
समाज जागरण केन्द्र (स्याक) नेपाल र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालन भएको नेपाली युवाहरुका लागि स्वस्थ रुपान्तरण परियोजना अन्तरगत गुर्भाकोट २ डावमा गठन भएको आदर्श अविवाहित युवती समुहले नाटक प्रदर्शन गरेको हो ।
समुहको कक्षामा गरेका प्रजनन् स्वास्थ्य सम्बन्धिका छलफललाई समुदायसम्म पुर्याउने उद्देश्यले नाटक प्रदर्शन भएको समूहले जनाएको छ ।
करिव एक हजार जनाले प्रत्यक्ष रुपमा नाटकको अवलोकन गरेका छन् । वालबिवाह कानुनी रुपमा दण्डनिय, सामाजिक अपराध र शारिरिक रुपमा हानी हो भन्ने मुल सन्देश दिने यो सडक नाटक गुर्भाकोट नगरपालिकाको सहारे बोटेचौर र मेहेलकुनामा पनि प्रदर्शन गर्ने योजना समूहले बनाएको छ ।