सुर्खेत, ११ असार (जागरण) । कर्णाली प्रदेशसभाको बैठक आज बोलाइएको छ ।
यसअघि एक पटक सरकारको अनुरोध र अर्को पटक नेपाली काँग्रेसको अवरोधका कारण स्थगित भएको प्रदेशसभाको बैठक भोली फेरी बस्नेगरी बोलाइएको छ ।
प्रदेशसभा सचिवालयका अनुसार आज दिउसो तीन बजे बैठक आव्हान गरिएको छ । यसअघि तयारी नपुगेको भन्दै प्रदेश सरकारको आग्रहमा असार ६ गते र मुख्यमन्त्री सहभागि नभएको बैठक चल्न नदिने भन्दै असार ८ गते काँग्रेसको अवरोधका कारण बैठक स्थगित भएका थिए ।
संसद् बैठकमा आगामी आर्थिक वर्ष २०७६/०७७ को वजेट र विनियोजन विधेयकका विषयमा छलफल गर्ने कार्यसूची छ ।