सुर्खेत, १२ असार (जागरण) । सुर्खेतको चौकुने गाउँपालिकाको छैठौं गाउँसभामा गाउँपालिकाकी उपाध्यक्ष निर्मला मगरले आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक बजेट निति तथा कार्यक्रम गाउँ सभामा प्रस्तुत गर्नु भएको छ ।
“चौकुने दिगो विकासको मुल आधार सुशासन समृद्धि र पर्याप्त पूर्वाधार” भन्ने नारा लाई आत्म साथ गर्दै चौकुने गाउँपालिकाको समग्र विकासका लागी योजनावद्घ तरिकाले विकासको अभियानलाई संचालन गरिने नीति वजेट तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
चौकुने गाउँपालिकामा रहेका १० वटै वडाहरुलाई गाउँपालिकाको केन्द्र सम्म सडक संजाल मार्फत जोडी सबै सडकलाई स्तरउन्नती गरिने र बाह्रैमास गाडी चल्ने बनाईने घोषणा गरिएको छ ।

गाउँपालिकामा रहेका राष्ट्रिय गौरबका आयोजनाहरु बेतान कर्णाली हाईड्रोपावर, चौकुने सिमेन्ट खानी, गुटू जंगलाघाट सडक, गुटू बिनिघाट मदन भण्डारी लोक मार्गको काम तत्काल अगाडी बढाउन पहल गरिने उल्लेख गरिएको छ ।
गाउँ सभामा आर्थिक वर्ष २०७६÷०७७ को बजेट प्रस्तुत गर्दै उपाध्यक्ष मगरले चौकुने गाउँपालिका सूचना तथा संचारको माध्ययमबाट पछाडी परेकोले सूचनाको हक प्रत्याभुत गर्नको लागी एउटा एफ.एम. रेडियो संचालनमा ल्याइने घोषणा समेत गर्नुभयो ।
चौकुने गाउँपालिका वडा नं. ९ र १० का करिव ७०० सय घर धुरीलाई पुग्ने गरी २०० के.भि.ए को वैकल्किप उर्जा संग सम्झौता गरी सोलार बाट बिजुली निकाली घाटगाउँलाई अध्याँरो मुक्त बनाइने लक्ष्य राखेको छ ।
कृषि उत्पादन बढाउन कृषि सहुलियत कार्यक्रम रहेका छन् । सुत्केरी महिलालाई सहयोग पुर्याउन उपाध्यक्ष कोशेली भेट कार्यक्रम छ । दलित जनजाती पछी परेको वर्गलाई सिपमुलक स्वोरोजगार उन्मुख तालिम र शसक्तिकरण कार्यक्रम गरिने छ ।
सबै वडामा नेट इन्टरनेटको पहुँच पुर्याउने, खानेपानी समस्या समाधान गर्न चौकुने बृहत खानेपानी संचालनमा ल्याईने, “एक युवा एक सिप” को अवधारणा ल्याई कृषि क्षेत्रलाई उत्पादनमुलक बनाईने छ ।
एकिकृत सम्पती कर लागु गर्ने, चौकुने गाउँपालिकामा जडिबुटिको प्रचुर सम्भावना भएकोले जडिबुटि संकलित गरि समृद्ध चौकुने बनाउने समेत लक्ष्य राखेको छ ।
चौकुने गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को लागी ३४ करोड १० लाख बजेट विनियोजित गरेको छ । कुल विनियोजित बजेट मध्ये पुजींगत तर्फ १५ करोड ६५ लाख बजेट विनियोजित गरिएको छ भने शसर्त अनुदान तर्फ १३ करोड ४५ लाख र चालु तर्फ ५ करोड बजेट विनियोजित गरिएको छ ।
गुर्भाकोटः
गुर्भाकोट नगरपालिकाले पनि आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र वजेट सार्वजनिक गरेको छ । जसअनुसार बेरोजगार युवाहरुलाई वार्षिक न्यूनगत एक सय दिनको रोजगारी दिने घोषणा गरिएको छ । नगरपालिकाले गरिव, विपन्न र पछि परेका भूगोलका समुदाय र परिवारका बेरोजगार युवाहरुलाई ‘एक घर, एक रोजगार’ कार्यक्रम अर्तगत रोजगार दिने नीति लिएको हो।
आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख हस्त पुनले नगरपालिकाले भविश्यका आधारका रुपमा बालबालिकामा लगानी, विकास र समृद्धिका लागि युवाहरुलाई रोजगारी र जेष्ठ नागरिकहरुलाई अनुभव बैंकका रुपमा लिँदै सोही अनुसार आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो ।
नगरपालिकाले युवाहरुलाई स्वरोजगार बनाउनका लागि व्यवसायिक कार्यक्रम ल्याएको छ।
‘पानी, खानी, कृषि र वन, हाम्रा युवा हाम्रा धन’ अन्र्तगत युवाहरुलाई कृषिकर्म, पर्यटन, होमस्टेलगायतका व्यवसायमा जोड्ने नीति नगरपालिकाले लिएको मेयर पुनले जानकारी दिनुभयो ।

नगरपालिकाले आर्थिक वर्ष २०७६–०७७ भित्रै सडकको पहुँच नपुगेको वडा नम्वर ३ धारापानीलाई सडक सञ्जालसँग जोड्ने बताएको छ । चालू आर्थिक वर्षमा ४५.५५ किलोमिटर नयाँ सडकको ट्रयाक खोलेको नगरपालिकाले आगामी आर्थिक वर्षभित्र यसलाई एक सय किलोमिटर पु¥याउने लक्ष्य राखेको छ ।
नगरपालिकाले नगवासीसँग प्रत्यक्ष जोडिनका लागि ‘जनतासँग प्रमुख–उपप्रमुख’ कार्यक्रम सञ्जालन गर्ने जनाएको छ । उपमेयर विकले यो कार्यक्रम अन्र्तगत प्रत्येक महिना एउटा वडामा पुगेर जनताका गुनासा सुन्ने र समाधान गर्ने बताउनुभयो ।
यस्तै विकास गतिविधिहरुको प्रत्यक्ष अनुगमन गर्न र भइरहेका कामहरुलाई तिब्रता दिनका लागि ‘हाम्रा मेयर, विकासका मेयर’ कार्यक्रम पनि लागू गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रममा नगरलाई स्वच्छ, सफा र सुन्दर राख्नका लागि ‘ग्रिन गुर्भाकोट, क्लिन गुर्भाकोट’ नारा तय गरिएको उपप्रमुख मैना विकले जानकारी दिनुभयो ।