नन्द कठायत ।
सुर्खेत, १२ असार (जागरण) । जाजरकोट जिल्ला एक धार्मिक र पर्यटकिय हिसाबले निकै महत्व बोकेको जिल्ला हो । यस जिल्लामा रहेका धेरै पर्यटकिय स्थलहरु मध्य एक हो बडा बडिमालिका । यो पर्यटकिय स्थान भेरी नदीको किनारामा रहेको फाँटहरु र हिमाल संग अंकमाल गरिरहेका नागवेली टाकुराहरुका दृश्यले मनै फुरुङ्ग बनाइदिने गर्दछन् ।
अझ माथि अग्लाअग्ला टाकुरा, डाँडा पहाडहरुमा पुगेर प्रकृतीको काखमा अंकमाल गर्दा निकै आनन्द महशुस हुन्छ । चारैतिर हरिया वनजङ्गल कार्पेट विच्छ्याए जस्तै देखिने मैदानहरु अनि चराचुरुङ्गिहरुको आवाजले मनै सिरिङ्ग बनाइदिन्छ ।
आस्थाकी देवी मनकामना र मालिकादेवी उत्पति भएको स्थल पर्यपक स्थलहरुमध्ये एक हो जाजरकोटमा रहेको सुन्दर पर्यटकीय स्थल मालिका देवी । ऐतिहासिक धार्मिक दृष्टिकोणले हेर्ने जाजरकोटका नागरिकले मालिका देवीको पुजा गर्ने गरेको बताउनु हुन्छ, स्थानिय समाजसेवी जनक केसी ।
जाजरकोट जिल्लाको भेरी नगरपालिका भित्र पर्ने यो मालिकादेवी धार्मिक आस्थाको रुपले मात्र नभएर ऐतिहासिक हिसावले जाजरकोट एकिकरणको बेला देखि नै मालिका देवीले सम्झाउने भएको हुनाले त्यसलाई संरक्षण र प्रवद्र्धन गर्न आवश्यक छ ।
पर्यटकीय गन्तव्यको पहिचानको रुपमा अगाडि बढाउनको लागि अहिले भेरी नगरपालिकाले मालिका पर्यटकीय क्षेत्रको पहिचान गर्ने र पर्यटकहरुलाई आर्कषक बनाउनको लागि अहिले पहल चालेको बताउनु हुन्छ नगरपालिकाका प्रमुख चन्द्र प्रकाश धर्ती ।
यो बडिमालिका जाजरकोट जिल्लाको मात्र नभएर कर्णाली प्रदेशकै एक मुख्य पर्यटकीय क्षेत्र बन्ने देखिन्छ । मालिकालाई व्यवस्थित गर्दै प्रचारप्रसार गर्ने हो भने जाजरकोट जिल्लालाई पर्यटनको गन्तव्य बनाउन सकिने छ ।
सुन्नुहोस् अडियो सामग्रीः