रेफ्रि सेमिनारमा नेपालबाट पाँच खेलाडि अष्ट्रेलिया

काठमाण्डौँ, १३ असार (जागरण) । अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्रि सेमिनारमा सहभागि हुन नेपालबाट पाँच जना खेलाडिको टोली अष्ट्रेलिया गएको छ ।
नेपालको तर्फबाट सेमिनारमा सहभागि हुन नन्दा बस्याल, नोर्वु लामा, हिरा थापा, रविन मल्ल र अशोक खड्का अष्ट्रेलिया गएका हुन् ।

बिदाइको क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलाडिहरु ।

अष्ट्रेलियामा पर्सी (जुलाई १ तारेख) देखि ११३ औँ तेक्वान्दो रेफ्रि सेमिनार हुँदैछ । सेमिनारमा नेपालमा तेक्वान्दो खेलको अवस्था, अवसर र चुनौतिका विषयमा समेत छलफल हुने छ ।