यस्तो बन्नेछ, मदन–आश्रीत पार्क (भिडियो सहित)

सुर्खेत, १५ असार (जागरण) । संघ सरकारको १०० नयाँ पर्यटकिय गन्तव्यभित्र परेको सुर्खेतको मदन–आश्रीत पार्कको पुननिर्माण गर्न विस्तृत परियोजना प्रस्ताव तयार भएको छ ।
पञ्चपुरी ५ बावियाचौरको ३५ विगाह क्षेत्रफलमा बन्ने पार्कको यसअघि २०५१ सालमा मदन आश्रीत खानेपानी धाराबाट शुरु भई पार्क तर्फ उन्मुख भएको हो ।
खानेपानीको धारालाई मदन आश्रीत नामाकरण गरी तत्कालिन नेकपा एमालेका कार्यकर्ताको जनश्रमदान र लगानीबाट निर्माण गर्दा पटक पटक तोडफोट पनि भएको थियो । हाल पञ्चपुरी नगरपालिकाबाट कार्यन्वयन हुनेगरी संघ सरकारबाट वजेट प्राप्त भएको छ ।


आर्थिक वर्ष २०७५/०७६ मा डिपिआर र पुननिर्माणका लागि १० लाख विनियोजन भएको पार्कका लागि आगामी आर्थिक वर्षका लागि ५० लाख वजेट विनियोजन भएको सुर्खेत निर्वाचन क्षेत्रनम्वर २ का प्रतिनिधिसभा साँसद् नवराज रावतले जानकारी दिनुभयो ।
यस्तै मदन आश्रीत पार्क नजिकको आँपसैनी खोलालाई व्यवस्थित गर्न उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयले विनियोजन गरेको २० लाख रुपैयाँ वजेटमा कार्य चलिरहेको छ ।
रावतले आफू तत्कालिन पार्टीको जिल्ला सचिव र अध्यक्ष हुँदा देखि नै पहल गरेको पार्क अव भने निर्माण भई आफ्नो साँसद्को कार्यकालभित्रै सञ्चालन गरिसक्ने बताउनुभयो । यस्तै धार्मिक पर्यटकिय क्षेत्रको रुपमा रहेको वीरेन्द्रनगरको देउती बज्यै मन्दिरका लागि ५० लाख रुपैयाँ विनियोजन भएको छ ।
मदन आश्रीत पार्कको डिपिआरअनुसार पार्क क्षेत्रभित्र प्रवेश गर्नासाथ आकर्षक बगैचा, पानीको फोहोरा सहित मदन भण्डारी र जीवनराज आश्रीतको आकर्षक शालिक हेर्न सकिनेछ । यस्तै आकर्षक सुइमिङ्ग पुल, प्रतिक्षालय लगायतले पर्यटकलाई मोहित पार्ने डिपिआरले देखाएको छ ।
हेर्नुहोस् डिपिआरको भिडियोः