मानबहादुर कुँवर ।
जुम्ला, १५ असार (रेडियो खुला आकाश) । जुम्ला सदरमुकाम खलंगा देखि करिव २० किलोमिटर पुर्वमा रहेको कचौरा आकारको प्रकृतिको अनुपम उपहार गुठिचौरमा पर्यटक दिन प्रतिदिन बढ्न थालेका छन् । वर्षा याम लागे सँगै डाडैडाँडाको चुच्चोमा रहेको अकल्पनिय कचौरा आकारको गुठिचौरमा उपत्यका सडक सञ्जालमा जोडिए संगै आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका हुन् । दिनमा कम्तिमा पनि १५ देखि २० जना सम्म पर्यटक त्यँहा पुग्ने गरेका छन् ।
वरिपरी हिमाल, बीचमा कचौरा आकारको चौर, चौरमा फुलेका हिमाली रंङ्गिचंङ्गि फुल, एकनासले घेरिएको घना वन,थरिथरिका पशुभाउ चरिरहेको दृष्यले गोठिचौर पुग्ने जो कोहिको मन लोभिन्छ । यहि दृष्य हेर्नको लागि आजभोलि पर्यटकको लर्को लाग्ने गरेको छ । गोठिचौरमा, गोठिचौर, उपत्यकाको दक्षिण किनारमा सय घरधुरिको मानव बस्ति पनि रहेको छ । पर्यटकको लागि होटल नहुदा स्थानीयका घरमा अर्गानिक खानाको उपहार सहित उद्दार गृह निर्माण हुने गाउँका अगुवा राजु बोहोरा ।
पर्याप्त बन जँगल, चरन क्षेत्र भएकोले गुठिचौरमा छिमेकि जिल्ला जाजारकोट र जिल्ला भित्रका पशुपालकपशु बस्तु सहित गुठिचौर पुग्छन् । पर्यटक लाई भैंसिको दुध दहिबेचेरै आमदार्नी कनाउने गरेको गोठिचौर गाउँपालिका ४ कि माया देवि न्यौपाने बताउनु हुन्छ ।
कृषि ,पशुपालन र पर्यटनको उच्च सम्भावना बोकेको गुठिचौरमा नेपाल कृषि अनुसन्धान परिषद द्धारा ३ सय ८३ हेक्टर क्षेत्रफल भित्र भेडा बाख्रा अनुसन्धान कार्यक्रम पनि सञ्चालित रहेको छ । भ्रमणकै लागि रुकुम पश्चिम बाट गुठिचौर पुगेका आठविसकोट नगरपालिका २ का कमल केसि यहाँको पर्यटन र पशुपालनको सम्भावना लाई यसरि बयान गर्नु हुन्छ ।
पहिलो पटक गुठिचौर पुग्ने पर्यटक भोक, प्यास, थकान र तनाव हरण गर्ने त्यँहाको सुन्दरता लाई देखेर मनै लोभाउने गरेका छन् । यस्तो सुन्दर स्थानका बासिन्दा भने फाटेको लुगामा बल्ल तल्ल लाज ढाकिरहेका छन् । जीन्दगी अभावै अभावमा बितिरहे पनि आफ्नो ठाउँमा टाढा, टाढा बाट दिनानुदिन पर्यटक आएको देख्दा यहाँका स्थानीयलाई दुख पिडा कम भएको महसुस हुने गरेको बताउछन् । सडकको स्तर उन्नती गरे गुठिचौरमा पर्याप्त पर्यटक भित्र्याउन सकिने बताउनु हुन्छ, स्थानीय राज बहादुर बोहोरा ।
जव सम्म गुठिचौर जस्ता प्रचुर सम्भावना युक्त क्षेत्रको विकास हुदैन तव सम्म कर्णालीलाई गरिवीको नाममा संम्वोधन गर्ने दिन सकिने छैनन् ।
सुन्नुहोस् अडियोः