सुर्खेत, १८ वैशाख (जागरण) ।
कर्णाली प्रदेश सभाको चालु अधिबेशन अन्त्य भएको छ ।
आज राति १२ बजेदेखि अधिबेशन अन्त्य हुने भन्ने प्रदेश प्रमुख दुर्गाकेशर खनालको पत्र व्यहोरा सभामुख राजबहादुर शाहीले पढेर सुनाउनुभएको हो ।
यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अधिबेशन अन्त्य गर्न प्रदेश प्रमुख खनाललाई सिफारिस गर्ने प्रस्ताव पेश गरेको थियो ।
उक्त प्रस्ताव आज बसेको कर्णालीको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो ।
मन्त्रिपरिषद्बाट प्रस्ताव स्वीकृत भएसँगै प्रदेश प्रमुख खनालले प्रथम अधिबेशन अन्त्य भएको घोषणा गर्नुभएको हो ।