सुर्खेतमा फाइबर टू होम सेवा सुरु

सुर्खेत, १६ असार (जागरण) । नेपाल टेलिकमले सुर्खेतमा फाइबर टू होम सेवा (एफटीटीएच) सुरु गरेको छ ।
आजदेखि टेलिकमले द्रुत गतिको इन्टरसेवा फाइबर टू होम सेवाको सुरु गरेको हो । टेलिकमले प्रदेश राजधानीको वीरेन्द्रनगरमा पहिलो पटक फाइबर टू होम सेवा विस्तार गरेको हो ।
एउटै फाइबरबाट इन्टरनेट र टेलिफोनको सुविधा लिन सकिने नेपाल टेलिकमले जनाएको छ । इन्टरनेट र फोनको सुविधाका लागि वार्षिक ८ हजार रहेको छ ।
सुर्खेतको सबै ठाउँमा विस्तार गर्ने र एक वर्षपछि कर्णाली प्रदेशका सबै जिल्लामा विस्तार गर्ने टेलिकमले लक्ष्य लिएको नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रबन्धक प्रकाशमान प्रधानले जानकारी दिनुभयो ।
नेपाल टेलिकमले एक वर्षको अवधिमा एक वर्ष्भित्र चार लाख लाइन विस्तार गर्ने लक्ष्य लिएको छ । उहाँले फोरजी सेवाको पाँच सय ५२ वटा लाइन आउँदो असोजदेखि सुरु गरिने जानकारी दिनुभयो ।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले सेवाको उद्घाटन गर्दै यसले कर्णालीलाई डिजिटल गराउने अभियानमा सहयोग पुग्ने बताउनुभयो । उहाँले टेलिकमलाई प्रभावकारी बनाउन पनि आग्रह गनुभयो ।