दैलेख, १६ असार (जागरण) । दैलेखको पञ्चकोशी क्षेत्रमा आजदेखि पेट्रोलियम पदार्थ अन्वेषणको काम शुरु भएको छ ।
नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले औपचारिक रुपमा उद्घाटन गरेपछि चिनियाँ विशेषज्ञको टोलीले अन्वेषणको काम शुरु गरेको हो ।
मन्त्री यादवले दैलेखमा रहेको पेट्रोलियम पदार्थको अध्ययन भइरहेकाले कहिलेसम्म काम पूरा हुन्छ भन्ने अहिले नै बताउनु नसकिने बताउनु भयो ।
चीनको विशेषज्ञ टोलीले आज शिरस्थान र नाभिस्थानमा पेट्रोलियम पदार्थको अध्ययन सुरु गरेको छ ।
उद्घाटन कार्यक्रममा मन्त्री यादवले जनप्रतिनिधिहरुलाई सच्चिन आग्रह गर्नु भएको छ । संघीयता सफल बनाउनुका साथै नागरिकको जीवनस्तर सुधार गर्ने जिम्मेवारी जनप्रतिनिधिको काँधमा रहेकाले पहिले आफू सच्चिनुपर्ने मन्त्री यादवको भनाई छ ।